‘काई पो चे’ र ‘आशिकी २’ हिरोबिच लफडा
Posted by
purwanews
Published on
Monday, January 27, 2014
दुई कलाकार बिचको सम्बन्ध ठिकठाक नचलेको भारतीय संचारमाध्यहरुले जनाएका छन् । ‘काई पो चे‘ डेब्यू हिरो सुशान्त राजपुत र ‘आशिकी २’ हिरो अदित्य रोय कपुर यतिबेला नयाँ सिनेमाको काममा व्यस्त छन् ।दुबै जना यतिबेला एउटै स्टूडियोमा सिनेमाको छायांकन गरिरहेका छन् । तर दुई जनाबिच बोलचाल पनि भएको छैन ।
यि दुई हिरो बिच बोलचाल नहुनुको पछाडि ‘पानी’ नामक सिनेमामा सुशान्तले काम गर्नु रहेको छ । ‘फिटोर’ नामक सिनेमामा काम गर्दा गर्दै सुशान्तले ‘पानी’ नामक सिनेमालाई समय दिएपछि दुई हिरोबिच शितयुद्ध सुरु भएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस् >>