मलेसिया जाने कामदारको न्यूनतम् कमाइ २७ हजार
Posted by
purwanews
Published on
Thursday, January 2, 2014
;काठमाडौं । नयाँ वर्ष २०१४ सँगै मलेसिया जाने नेपाली कामदारको पारिश्रमिक पनि बढ्ने भएको छ । जनवरी १ गतेदेखि नेपाल सरकारले न्यूनतम् पारिश्रमिक उल्लेख नभएका भिसा अस्वीकृत गर्ने भएपछि मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारको न्यूनतम् कमाइ ९ सय रिङगेट अर्थात् नेपाली २७ हजार रुपैयाँ निश्चित भएको छ ।न्यूनतम् पारिश्रमिक उल्लेख नभएको भिसालाई जनवरी १ देखि स्वीकृति रोकेको वैदेशिक रोजगार विभागले मलेसिया सरकारले २०१४ गतेदेखि न्यूनतम् पारिश्रमिक कडाइका साथ लागू गर्ने जनाए ।
न्यूनतम् पारिश्रमिक नतोकिएको भिसाको स्वीकृति रोकेकामलेसिया सरकारले सन् २०१२ देखि लागू गर्ने गरी न्यूनतम् पारिश्रमिकको घोषणा गरे पनि हालसम्म कार्यान्वयनमा आउन सकेको थिएन । न्यूनतम् पारिश्रमिक मापदण्ड लागू नहुँदा नेपाली कामदारले मलेसियामा न्यूनतम् ६ सय ५० रिंगेट अर्थात् नेपाली १९ हजार रुपैयाँ मात्रै पाउँदै आएका छन् । आचार्यका अनुसार सरकारसँग भएको तथ्यांकअनुसार ५ लाख नेपाली कामदार मलेसियामा कार्यरत छन् । अघिल्लो वर्ष उनीहरुले ५८ करोड ९० लाख रुपैयाँ रेमिटान्स नेपाल पठाएका थिए । न्यूनतम् पारिश्रमिक कार्यान्वयनसँगै मलेसियाबाट नेपाल भित्रने रेमिटान्समा १५ देखि २० प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ ।
मलेसियाबाट रेमिटान्स बढी भित्रिने मुलुकमध्ये नेपाल विश्वकै तेस्रोमा पर्छ । पहिलोमा इन्डोनेसिया र दोस्रोमा बंगलादेशले मलेसियाबाट बढी रेमिटान्स भित्र्याउँछन् ।
प्रतिक्रिया दिनुहोस् >>