माइबेनी मेला

इलाम । मकर सक्रान्तिको अवसरमा इलामको माइ र जोगमाइखोलाको संगमस्थलमा मंगलबारदेखि माइबेनी मेला लागिरहेको छ। मेलामा मकर नुहाउने, पूजाआजा गर्ने, बली चढाउने, परेवा उडाउने, ब्यापार गर्ने र रमाइलो गर्न जानेको भीड छ।
इलाम नगरपालिका, नामसालिङ र गोदक गाविसको वीचमा लाग्ने मेलामा पहिले एक सातासम्म मानिसहरुको भीड लाग्ने गर्थ्यौ। द्धन्द्धकालपछि त्योक्रम घटेर मेला तीन दिनसम्म मात्रै लाग्ने गरेको छ। मेची राजमार्गको गोदक खण्डबाट नजिकै पर्ने त्यस ठाउंमा भेला भर्न जानेक्रम जारी छ।
माइखोलालाई शक्तिकी देवीको रुपमा पुजाआजा गर्ने चलनसमेत रहेकाले पूर्वाञ्चलका विभिन्न भाग र भारतको दार्जिलिङ र सिक्किमबाट समेत भक्तजन मेला भर्न र मकर नुहाउन माइवेनी जाने गर्छन्। इलामको सन्दकपुर मुहान रहेको माइखोला अरु खोलाहरुसंगै झापा पुग्दा कन्काई नामले परिचित छ।
कन्काई किनारमा पनि मकर सक्रान्ति अवसरमा भव्य मेला लाग्ने गर्छ। राणा शासनकालमा तत्कालिन बडाहाकिम गजराजसिंह थापाले सुरु गरेको माइवेनी मेला ऐतिहासिक भएकाले सबै जातजाति र उमेर समूहकाहरुको भीड लाग्ने गर्छ। मेलामा धान, मारुनी जस्ता परम्परागत कला संस्कृति झल्किने प्रस्तुति भने अचेल देखिंदैनन्।
माइवेनी मेला भर्न आउनेको भीडसंगै स्थानीयस्तरमा उत्पादन हुने उखु र सुन्तलाको धेरै किनबेच हुन्छ। मेलामा दुई सयभन्दा धेरै पसल छन्। मेलाबाट संकलन भएको रकम त्यस क्षेत्रका विकासमा खर्च गरिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>