श्रीमान् श्रीमतीको नाममा लालपूर्जा बनाउने ३२ जोडी सम्मानित

बर्दिया,  श्रीमान् श्रीमतीको संयुक्त नाममा जग्गाधनी पुर्जा बनाउने ३२ जोडीलाई भूमि अधिकार मञ्च बर्दियाले गुलरियामा सम्मान गरेको छ । कार्यक्रममा भूमिअधिकार मञ्चका अध्यक्ष केशबहादुर विकले श्रीमान् श्रीमतीको संयुक्त नाममा जग्गाधनी पुर्जा बनाई राज्यले दिएको सुविधा सबैले प्रयोग गर्न अनुरोध गरे ।
मालपोत तथा भूमिसुधार कार्यालयका प्रमुख, राजनीतिक दल र पत्रकारको उपस्थितिमा गुलरिया नगरपालिकाको राधाकृष्ण चोकमा आयोजित सो कार्यक्रममा नेपाली काँग्रेस, एमाले, एमाओवादीलगायत अन्य राजनीतिक दलका प्रतिनिधिले पनि संयुक्त रुपमा जग्गाधनी पुर्जा बनाउने जोडीलाई सम्मान गर्दै यस्तो काम अरुलाई पनि सिकाउन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>