भारतमा गुडिरहेको रेलमा आगलागी, २३ जनाको मृत्यु
Posted by
purwanews
Published on
Saturday, December 28, 2013
भारत, भारतको आन्ध्र प्रदेशको अनन्तपुरमा गुडिरहेको रेलमा आगलागी हँदा २३ जनाको मृत्यु भएको छ। बैंग्लोरबाट नान्देड जान लागेको रेल, बैंग्लोर-नान्देड एक्सप्रेस रेलको एक डिब्बामा आगलागी हुँदा दुई बालबालिका सहित २३ जनाको मृत्यु भएको हो। धेरै जसोको धुवाँमा निस्सारिएर मृत्यु भएको रेल्वे सेवाका अधिकारीहरुले जनाएका छन् ।
शनिबार बिहान करिब ४ बजे रेलमा सल्किएको आगो चारैतिर फैलिएपछि उद्धार गर्न कठिन भएको बीबीसीले जनाएको छ । आगलागीमा परी घाईते भएकाहरुको स्थानीय पुट्टापर्थी अस्पतालहरुमा उपचार भइरहेको छ । आगलागीको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् >>