पूर्वमा चिसो बढ्नाले बिरामी बढे

 केही दिनयता अत्यधिक चिसो बढेको छ । चिसोका कारण यतिखेर अस्पतालमा बिरामीको चाप बढेको अस्पतालले जनाएको छ् ।  निमोनिया, रुघाखोकी, दम, पखाला, भाइरल ज्वरोलगायतका रोगको उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको सो अस्पतालले जनाएको छ ।
 एक हप्तादेखि बढेको अत्यधिक चिसोका कारण अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् ।  विशेष गरेर बालबालिका र वृद्धवृद्धा त्यस्ता रोगबाट प्रभावित भएका छन् ।  चिसोबाट बच्न बालबालिकालाई बाक्लो न्यायो कपडा लगाउनु पर्ने, अनावश्यक रुपमा चिसोमा बाहिर ननिस्कने, वृद्धवृद्धाले तातो न्यानोमा बस्नु पर्ने, टोपी, मोजा सुइटरलगायतका न्यायो कपडा लगाउनु पर्छ । चिसोका कारण अहिले गल्ली चोकलगायतका स्थानमा मानिस ठाउँठाउँमा आगो तापेर बसेका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>