चुरोटको प्याकेटमा कुहिएको फोक्सो, मरेको बच्चा

काठमाडौं - अब हामीले देख्दै गरेको चुरोटको प्याकेटमा कुहिएको फोक्सो
, मरेको बच्चा लगायतका तस्वीर छापिने भएको छ । त्यतीमात्र होइन, चुरोट तथा सुर्ती जन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ भन्ने लगायतका सन्देश समेत लेखिएको हुनेछ ।
स्वास्थ्य मन्त्रालयले मुलुकमा चेतावनीयुक्त चित्र र संदेश उल्लेख नभएको सुर्तीजन्य पदार्थको आयात, उत्पादन र बिक्री बितरणमा पुर्ण प्रतिवन्ध लागेको व्यहोरा सहितको पत्र सोमवार भन्सार र उद्योग मन्त्रालयलाई लेख्ने भएको छ । उक्त पत्र पाउना साथ सम्वन्ध मन्त्रालयहरुले चित्रात्मक सन्देस नभएका यस्ता उत्पादन र आयातलाइ तुरन्त रोक्न सक्छन ।
'हामी भोली नै भन्सार र उद्योग मन्त्रालयलार्य पत्र लेख्दैछौं', स्वास्थ्य मन्त्रालयका सचिव डा.प्रविण मिश्रले उक्त पत्र को आधारमा सम्वन्ध मन्त्रालयले तुरन्त कारवाहि शुरु गर्न सकिने उल्लेख गर्दे भने-'यस्तै पत्र गृहमन्त्रालयको मार्फत पचहत्तरै जिल्लामा भएका सहायक सिडिओलाइ समेत सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन २०६६ लाई अनुगमन गर्न भन्छौं ।' हरेक जिल्लाका सहायक सिडिओ यो ऐनको पालना भएको छ वा छैन भनेर हेर्ने निरिक्षक समेत हुन ।
ऐन अनुसार सुर्तिजन्य पदार्थको वट्टा, र्‍यापर्स, प्याकेटको बाहिरी भागको न्युनतम पचहत्तर प्रतिशत भागमा चेतावनीमूलक चित्र सन्देश र सेवनको घातक असर वारे, रंगीन चित्र नेपाली भाषामा छापिएको हुनु पर्छ । उक्त सन्देश स्वास्थ्य मन्त्रालयले तोके बमोजिमको व्यहोराको हुनुपर्ने कानुनी प्रावधान छ ।
 ऐन अनुसार सूर्तिजन्य पदार्थको बट्टामा फोक्सो, मुखको क्यान्सर, अप्रत्यक्ष धुम्रपानले बच्चा मरेको लगायतका अनिवार्य चित्र हुनु पर्ने जनाउदै राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका बरिष्ठ स्वासथ्य शिक्षा प्रसासक बदि्र वहादुर खडका भन्छन-'चुरोट, सुर्तिजन्य पदार्थमा वट्टामा उत्पादनमा भएको निकोटिनको प्रतिसत समेत उल्लेख गर्नु पर्छ ।'
डा.मिश्रका अनुसार अव सुर्तिजन्य पदार्थका आयातकर्ताले नेपाली भाषामा चेतावनी मुलक सन्देश चित्र नभएका सूर्तिजन्य पदार्थको आयात गर्न पाउदैनन । यस अनुसार विदेशी व्राण्डका उत्पादनहरु पनि प्रभावित भएका छन । ऐनले बिदेशी ब्रान्डका चुरोट, बिडी र खैनी आयात गर्दा पनि ती चुरोट, बिडी र खैनीको बट्टा वा पाकेटको कम्तीमा ७५ प्रतिशत भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ' भन्नेजस्ता सन्देश र चित्र उल्लेख भएको हुनु पर्ने व्यवस्था गरी चित्रात्मक सन्देशलाई प्राथमिकता दिएको छ ।
ऐन अनुसार 'सूर्तिजन्य पदार्थ' भन्नाले धुम्रपान वा सूर्ति सेवनको निमित्त बनाईएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा तथा कक्कड, कच्चा सूर्ति, खैनी, गुट्खा, सूर्ति वा यस्तै प्रकारका अन्य सूर्तिजन्य  पदार्थ बुझिन्छ ।
बरिष्ठ अधिवत्ता ज्योती वाणियाका अनुसार ऐनमा धुम्रपानको परिभाषामा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड सूर्ति वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने काम भनिएको छ । यस्तै सूर्ति सेवनको अर्थ  खैनी, गुट्खा, सूर्ति वा यस्तै प्रकारका अन्य पदार्थ  मुखमा राख्ने, त्यस्तो पदार्थको नस लिने वा सेवन गर्ने काम सम्झनु पर्छ ।
सुर्तिजन्य ऐन २०६६ वैशाख २६ गते प्रमाणीकरण गरिएको थियो भने त्यही वर्ष साउन २२ गतबाट लागु समेत भइसकेको थियो । सरकारले उत्पादकहरुलाई वट्टामा सन्देस छाप्न ६ महिनाको समय समेत दिएको थियो । उक्त समय सकनै लाग्दा उत्पादक लगायतकाहरुले सर्वोच्च अदालतमा ऐन कार्यान्वयन नगर्न मुद्दा हाले पछि सर्वोच्चले तत्कालको लागि ऐनका चित्र सहितका चेतावनी मुलुक सन्देस अंकित गर्नु पर्ने लगायत केहि दफाहरु  कार्यान्वयन नगर्न आदेश दिएको थियो । करिव २६ महिना सम्मको सुनुवाई पछि आइतवार सर्वोच्चले उक्त ऐन पुर्ण रुपमा लागु गर्न आदेश दिएको हो ।
नेपाल जनसंाखिक सर्वेक्षण अनुसार नेपालका ५३ प्रतिशत पुरुष र १३ प्रतिशत महिलाहरुले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ । तथ्यांक अनुसार २० प्रतिशत नेपाली किशोर किशोरीहरु धुम्रपान तथा सूर्ति सेवन गर्दछन । ३८ प्रतिशत किशोर किशोरीहरु घरमा अरुले गरेको धुम्रपानबाट पीडित हुने गरेका छन । घर भन्दा वाहिर बन्द सार्वजनिक स्थानहरु खास गरीकन स्कूलमा ४८ प्रतिसत किशोर/किशोरी हरु अरुले गरेको धुमपान वाट पिडित छन ।
अमेरिका स्थित सेन्टर फर  डिजिज कन्ट्रोल एण्ड पि्रभेन्सन-सिडिसि)को तथ्य पत्र अनुसार चुरोटको धुवामा सात हजार रसायन हुन्छ जसमध्ये न्युनतम दुइ सय ५० वटा हानिकारक छन, भने ८९ वटा क्यान्सर उत्पन्न गर्न सक्छन । अमेरिकामा पाच मृत्यु मध्ये एक जनाको मृत्यु धुमपानले हुन्छ अर्थात वर्षेनी चार लाख ४३ हजार धुमपानले गर्दा मृत्यु हून्छ । यस्तै त्यहा घुमपान नगर्ने  ४६ हजार व्यक्तिको अपरोक्ष धुमपानले गर्दा मुटूको रोगले मृत्यु हुन्छ ।  धुमपानको अम्मलीहरु धुमपान नगर्नेको दाजोमा १३ देखी १५ वर्ष पहिले मर्छन ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>