ह्वीस्की केवल साथीभाईहरूसँग मन बहाकाउने साथी मात्र नभएर अब राम्रो घरेलु उपचार पनि हुने भएको छ। विभिन्न शोधहरूले पत्तो लगाए अनुसार, सन्तुलित मात्रामा ह्वीस्कीको सेवनले रुघाखोकी तथा विभिन्न तनावहरूबाट मुक्ति दिने काम गर्दछ। तर ह्वीस्की सेवनपछि कुनैपनि औषधि खानु स्वास्थ्यका लागि हानिकारक हुन जान्छ।
– सुख्खा खोकी लागेको अवस्थामा यो एकदमै मद्दतगार हुनेछ। यसले कफ जम्न दिँदैन। कफलाई तुरुन्त सफा गर्दछ। अझ सुख्खा खोकी लागेको अवस्थामा ह्वीस्कीसँग मह र कागतीको प्रयोग गरेमा एकदमै आराम प्राप्त गर्न सकिन्छ। ब्रोंकाइटिक्स या साइनसाइटिस आदिमा टाउकोमा गएर कफ जम्मा हुने गर्दछ। यस्तो अवस्थाबाट आराम पाउन तुलसीको पात, कागती र महको मिश्रण गरेर ह्वीस्की प्रयोग गरेमा एकदमै फाइदाजनक हुन्छ। तर, बच्चाबच्चीका लागि यो हानिकारक हुनसक्छ।