एके-४७ राईफलका आविष्कारकको निधन

काठमाडौं । एके-४७ राईफलका आविष्कारक रसियन नागरिक मिखाईल क्लाशनिकोभको ९४ वर्षको उमेरमा सोमबार निधन भएको छ । गत नोभेम्बरमा आन्तरिक रक्तश्रावको उपचारका लागि मस्को अस्पतालमा भर्ना भएका उनको मुटुमा समस्या देखिएपछि पेसमेकर राखिएको रूसी सञ्चारमाध्यमहरुले जनाएका छन् । क्लाशिनोभवले आविश्कार गरेको एके-४७ राईफल विश्वमै सबैभन्दा बढी प्रयोगमा ल्याइएको राईफल हो । क्लासनिकोभ राईफालका नामले समेत परिचित यो रार्इफल जर्मन हतियारलार्इ विस्थापित गर्दै रुसले प्रचलनमा ल्याएको थियो एसल्ट राइफलको भरमा लडिरहेका जर्मन सेनासँगको लडार्इंमा रुसी सैनिकहरुलाई समस्या भएपछि क्लाश्निकोवले अस्पतालमा रहेका समयमा एके–४७ को डिजाइन गरेका थिए । दोस्रो विश्वयुद्धपछि रुसी सेनामा कार्यरत मिखाइल क्लाश्निकोव युवा अवस्थामै एके–४७ को डिजाइन गरेका थिए । उनले सन् १९४७ मा आफ्नै नामबाट बनेको क्लाश्निकोव राइफललार्इ परिस्कृत गरेर तयार पारेको मोडेललार्इ एके–४७ नामाकरण गरिएको थियो ।
क्लाशनिकोवको जन्म रुसको पश्चिमी साइबेरियामा १० नोभेम्बर १९१९ मा भएको थियो । मिखाईल क्लाशनिकोभले एके-४७ बनाएवापत रुसी सरकारबाट सम्मानित भएपनि उचित पैसा भने नपाएको गुनासो गरेका थिए । क्लाशनिकोभले १९४१ मा विश्व युद्धको क्रममा तोपको गोला लागी घाईते भएका थिए । एके–४७ राइफलबाट विश्वमा अन्य बन्दुकहरुभन्दा बढी मानिस मारिएका छन् ।यो हतियार विश्वका धेरै देशहरुमा सरकारी सुरक्षानिकाय र गुरिल्ला युद्धमा सहभागीहरुले पनि प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>