परालको माँचसँगै जलाएर युवतीको हत्या

रौतहट— परालको माँचसँगै जलाएर एक युवतीको हत्या गरिएको छ। कर्कच कर्मैया-३ का जयकिशोर झाको घर नजिकै अन्दाजी २५ वर्षीय युवतीलाई अज्ञात समुहले परालभित्र जलाएर हत्या गरेको प्रहरीले जनाएको छ।
घटना स्थल पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायव निरीक्षक प्रहलाद केशरीका अनुसार परालको माँचमा अज्ञात समुहले आगो लगाएर हत्या गरेको हुन सक्ने बताए। 'माँचको खरानीमा महिलाको दुईवटा खुटा फेला परेका छन्', उनले नागरिकन्युजसँग भने- 'घुँडामुनिको भाग हेर्दा र नङ्गपालिस लाएको भेटिएकाले महिलालाई जलाएर मारेको हुनसक्छ।'
आगलागीमा जलेर मृत्यु भएकी महिलाको दुई खुट्टा बाहेक अन्य भाग पूर्ण रुपमा जलेको छ। सम्पूर्ण शरीर जलेकाले उनको पहिचान गर्न प्रहरीलाई गाह्रो परेको छ। घटनाको व्यापक अनुसन्धान भइरहेकाले छिटै दोषीलाई पक्राउ गर्ने रौतहटका प्रहरी नायव उपरिक्षक दिपक अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>