राजेश हमालको बिहे फाल्गुनमा

नायक राजेश हमालले फाल्गुन महिनामा बिहे हुने पक्का गरेका छन् । उनले मधुको परिवारमा केही दुखद घटना भएकाले पनि एक महिना बिहे पछि सरेको बताए । सबै तयारी भित्री रुपमा भइरहेको र फाल्गनुमा बिहेको दिन समेत पक्का हुने उन
को तर्क छ । हमालले तामझामका साथ बिहे नगर्ने दोहोर्‍याएका छन् ।
यता बिहे पश्चात हनिमुन कहाँ जाने सोचाइमा हुनुहुन्छ त भन्ने प्रश्नमा उनले आफू र मधु जहाँ हुन्छौ त्यही नै हनिमुन भएको तर्क गरेका छन् । हनिमुनका लागि खासै त्यस्तो सोचाई नराखेको बताउँदै हमालले कुनै सार्वजनिक कार्यक्रममा मधु र आफू देखिए त्यो पनि हनिमुन नै हुने बताएका छन् ।
छोराछोरीको बिषयमा पनि हमालको आफ्नो सोचाई छ । उनले छोरा या छोरी जे भएपनि आफूलाई केही फरक नपर्ने बताए । हमालले छोरै छोरा भएपनि वा छोरी नै छोरी भएपनि केही फरक नपर्ने बताए । कतिवटा सम्म पाउने सोचाई छ त भन्ने प्रश्नमा हमालले ठट्यौली शैलीमा जबसम्म शरीरले साथ दिन्छ, तबसम्म भन्ने जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>