चिसोले दुईगुना बढी बिरामी
Posted by
purwanews
Published on
Tuesday, December 24, 2013
कपिलवस्तु, चिसो बढ्दै जाँदा कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित पृथ्वी वीर अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ। अस्पतालमा दैनिकजसो चिसोबाट प्रभावित सय बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ।
दैनिक सरदर ४० देखि ५० जना बिरामी आउने गरेकामा चिसो बढेपछि यो सङ्ख्या दुईगुनाले बढेको हो। विशेषगरी ज्वरो, रुघाखोकी, निमोनिया, झाडावान्ताका बिरामी आउने गरेको बताइएको छ।
अस्पतालमा ग्रामीण भेग दोहनी, लबनी, गोटिहव, पकडी, धरमपनिया, तिलौराकोट, निग्लिहवालगायत गाविसका बिरामी आउने गरेको डा अनन्तकुमार शर्माले बताउनुभयो।
नगरपालिकाका विभिन्न वडाबाट पनि बिरामी आउने गरेका छन्। जि अधिकांश उपस्वास्थ्य चौकी र अन्य मेडिकलहरुमा पनि निमोनिया रुघाखोकीका बिरामीको चाप बढ्दै गएको अस्पतालमा संलग्न चिकित्सकहरुको भनाइ छ।
बालबालिका र वृद्धवृद्धालाई न्यानो कपडा लगाउने र तातो पानीको प्रयोग गरेमा जाडोमा लाग्ने रोगबाट बच्न सकिने जिल्ला अस्पताल तौलिहवाका सुपरिटेन्डेन्ट डा अनन्त शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् >>