नेपाल-भारत अपराधी 'एक्सचेन्ज अफर’
Posted by
purwanews
Published on
Sunday, December 8, 2013
नेपालगन्ज, नेपाल–भारतका प्रहरीबीच स्थानीयस्तरमा अपराधीहरूको एक्सचेन्ज अफरु सुरु भएको छ । एउटा देशमा अपराध गरेर अर्कोमा लुकिछिपी बस्दै आएका त्यस्ता अपराधीहरू केही महिनायता धमाधम पक्राउ पर्न थालेपछि को चर्चा चुलिएको हो । भारतबाट प्रकाशित तथा प्रसारित समाचारहरूमा यस्तो चर्चा बढी छ । अनौपचारिक कुराकानीमा नेपाल प्रहरीहरूले समेत एक्सचेन्ज का कुरा स्विकारे पनि दुई देशबीचको संवेदनशीलता र प्राविधिक समस्याले सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको बताउने गरेका छन् ।नेपाल र भारतका प्रहरीबीच आपसमा राम्रो तालमेल भएको उल्लेख गर्दै आजतक ले यस्तो तालमेलले विगतमा भारतीय भूमिमा अपराध गरेर नेपाललाई सेफ जोन का रूपमा प्रयोग गरिरहेका अपराधीहरू तिलमिलाएको जनाएको छ । अपराधीहरूका लागि नेपाल अब सेफ जोन नरहेको उल्लेख गर्दै आजतक ले इन्डियन मुजाहिद्दिनका अपरेसन प्रमुख यासिन भटकल सहयोगीसहित पक्राउ परेको घटनालाई अहिलेसम्मको सबैभन्दा ठूलो अफर भएको दाबी गरेको छ । नेपाल प्रहरीको सहयोगमा भटकललाई बिहार पुलिसले पक्राउ गरेको थियो ।
संविधानसभा निर्वाचनको ठीक अघि पक्राउ परेका राजनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो । उक्त अपरेसनमा मध्यपश्चिम प्रहरी कार्यालयका एक जना प्रहरी नायब निरीक्षक (सइ) समेत संलग्न थिए । भारतीय प्रहरीले राम्रै सहयोग गर्दा पक्राउ सम्भव भएको हो ।
भारतीय प्रहरीको सहयोगमा छुट्टाछुट्टै मिति र ठाउँमा पक्राउ परेका उनीहरूलाई नेपाल प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आफ्नै भूमिबाट पक्राउ गरेको दाबी गरेको छ । उम्मेदवारको हत्या योजना बनाएका सिकन्दरलगायतका अपराधीहरूलाई निर्वाचनका बेला सघन रूपमा निगरानी गरेका थिए। भारतीय प्रहरीको उपल्लो निकायसँग समन्वय गरेर उनलाई पक्राउ गर्ने योजना नेपाल प्रहरीको थियो ।
भारतीय प्रहरीले सुनिल जयसवाललगायत ५ जना अपराधीहरूलाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भटकल र दुवेलगायतका आतंककारी पक्राउमा सहयोग गरेको बदलामा त्यसरी मद्दत गरेको जनाइएको छ ।
०६२–०६३ को दोस्रो जनआन्दोलनपछि अस्तित्वमा आएका त्यस्ता करिब आधा दर्जन समूहका गतिविधि अहिले निस्तेज
भएका छन् । समूहका अधिकांश सदस्य पक्राउ परेपछि र हतियार बरामदी बढेपछि अहिले छिन्नभिन्नको अवस्था आएको प्रहरीले जनाएको छ । एकपछि अर्को गरेर हत्या, अपहरण, फिरौती र चन्दा असुलीको धन्दामा सक्रिय समूहका सदस्यहरू पक्राउ परेका छन् । हतियार बरामदीको क्रमसमेत बढेपछि उनीहरूको अस्तित्व झन्डै समाप्त भएको छ, क्षेत्रीय प्रहरी कार्यालयका डीआईजी भण्डारीले भने, आक्रमक प्रहरी कारबाहीले गर्दा उनीहरू निष्प्रभावी भएका हुन् ।
प्रतिक्रिया दिनुहोस् >>