आमिरले भने–सलमान म भन्दा ठूला स्टार
Posted by
purwanews
Published on
Sunday, December 8, 2013
मुम्बई (एजेन्सी), यतिबेला धुम ३ को चर्चा चलिरहदाँ आमिर खानले बताए, को ठूलो स्टार भनेर दाँज्ने तराजु त छैन, तर पनि सानो–ठूलोको खेल भने चलिरहन्छ । जसको फिल्म बढी चल्छ वा जुन स्टारका बढी फ्यान फलोअर छन्, सायद उसैलाई सबै ठूलो स्टार मान्छन् । बलिउडमा पनि तीन खान शाहरुख, सलमान र आमिरमा को ठूलो भन्ने होडमा फ्यानहरू बारम्बर होडबाजी चलाउँछन् । तत्कालका लागि भने धुम ३ का चोर आमिरले ठूलो स्टार सलमानलाई बताएर छिनोफानो गरिदिएका छन् । उनले सहकर्मी साथी सल्लुलाई स्टार पावरको पावर हाउसु नै भनेका छन् । जब उनलाई तीन खानमा को ठूलो भन्ने प्रश्न तेर्सियो, आमिरले ढिलो नगरी भनिदिए, मेरै तरिकाले यसको जवाफ दिन्छु । प्रतिस्पर्धाबारेमा मेरो कुनै खाले नकारात्मक धारणा छैन । कोहीसँग पनि । उसले कसरी त्यस्तो राम्रो गर्यो । मैले कसरी सकुँला यस्तो सोचाइ कहिल्यै आएन ।
४८ वर्षीय पर्फेक्सनिस्ट खानले भने यतिबेला आफ्नै फिल्म धुम ३ को व्यग्र प्रतीक्षा गरिरहेका छन् ।
सलमान मेरो साथी हो । ऊ मभन्दा ठूलो स्टार हो । जब मैले उसलाई दबंग मा हेरें । एकदमै रमाइलो लाग्यो । उसलाई उसैको रूपमा छोडिदिए पुग्छ, अरू केही गर्नु जरुरी छैन । ऊ स्टार पावरको पावर हाउस नै हो भन्दा हुन्छ, आमिरले सलमानको प्रशंसा गरिरहँदा अर्का खान शाहरुखको भने उल्लेख नै गरेनन् । बरु सलमानकै बारेमा पूरा समय लिँदै भने, ऊ केवल बेल्ट हल्लाउँदै चस्मा मिलाएकै भरमा चमत्कार देखाउँछ । त्यसैले ऊसँग मेरो कुनै खाले प्रतिस्पर्धी भावना छैन । नाच्ने सन्दर्भमा पनि सलमान चटपटे र बडी बिल्डर दुवैमा सुहाउने खालको डान्स गर्न सक्ने खुसी राखे पनि आफू भने यस मामिलामा लजालु रहेको स्वीकारे । तर उनले जे भने पनि यतिबेला धुम ३ मा को, स्टार कट्रिना कैफसँग गरेको एक्रोब्याट डान्सको चर्चा कम छैन ।

प्रतिक्रिया दिनुहोस् >>