विश्वकप छनोटका लागि टिममा बदली
Posted by
purwanews
Published on
Sunday, December 8, 2013
काठमाडौ, नेपाली टिमका प्रशिक्षक पुबुदु दसानायकेले न्युजिल्यान्डमा हुने वान–डे विश्वकप छनोटका लागि टिममा केही बदली हुन सक्ने बताएका छन् । उनले कुन–कुन खेलाडी टिममा सामेल गर्ने भनेर नबताए पनि युवा पेस बलर सोमपाल कामी र लेग स्पिनर राजकुमार प्रधानको प्रशंसा गरे । उनले चोटबाट फर्केका पृथु बाँस्कोटाले पनि राम्रो गरिरहेको संकेत दिए । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार राष्ट्रिय टिमको औपचारिक रूपमा घोषणा गर्नेछ ।
चार टिम सम्मिलित जर्नी टु वल्र्डकप प्रतियोगिता आफ्ना खेलाडीलाई एक्सपोज गर्न राम्रो भएको उनले बताए । सबै खेलाडीलाई मौका दिएँ । कसको क्षमता कति छ र अब उसमा के सुधार गर्नुपर्छ भन्ने थाहा पाएँ, उनले भने,यसले न्युजिल्यान्डमा हुने वान–डे विश्वकप छनोटका लागि निकै सहयोग गरेको छ । उनले टिम छनोट गर्नका लागि यो प्रतियोगिताले धेरै सहयोग गरेको बताए । यहाँबाट हामीले धेरै कुरा सिकेका छौं र्। जसलाई आगामी दिनमा प्रयोग गर्नेछौं’ , उनले भने ।

प्रतिक्रिया दिनुहोस् >>