के कम्प्युटर सुरक्षित छ ?
Posted by
purwanews
Published on
Wednesday, December 11, 2013
मनोरञ्जन, शिक्षा, स्वास्थ्य, सूचना, व्यवसाय सबै क्षेत्रमा कम्प्युटरको आधिपत्य बढिरहेको छ। विश्व नै इन्टरनेटको माध्यमबाट नजिकिइरहेको समयमा कम्प्युटरको महत्व र आवश्यकता बढिरहेको छ। कुनै पनि त्यस्तो क्षेत्र छैन जहाँ कम्प्युटरको प्रयोग नभएको होस्। विद्यालयमा कम्प्युटर नभए अध्ययन-अध्यापन नहुने अवस्था आइसकेको छ। इन्टरनेटसम्मको पहुँचले सबैलाई कम्प्युटर शिक्षित बन्नुपर्ने अनिवार्य नै गरेको छ।
त्यसो त अनेकन भाइरस र स्पाइवेयरमार्फत हाम्रा कम्प्युटर बिगार्ने र सूचना, जानकारी चोर्ने काम पनि हुन्छ कम्प्युटरमा। कम्प्युटरमा डाटाका रूपमा रहेका गोप्य सूचना ह्याकर अनि स्पामरको जालमा परेर ध्वस्त हुन्छन्। यसले आर्थिक हानि त गर्छ नै, हैरानी पनि उत्तिकै हुन्छ। त्यसैले आवश्यक छ कम्प्युटरको सुरक्षामा ध्यान दिनु। किनभने चोर-फटाहा हर क्षेत्रमा भए जस्तै कम्प्युटरमा पनि छन्, त्यसैले आफ्नो कम्प्युटर र तीनमा रहेका डाटा सुरक्षा गर्नु आवश्यक भैसकेको छ।कम्प्युटरको सुरक्षाको अवस्था थाहा पाउन अनेकन सफ्टवेयर निःशुल्क उपलब्ध छन्, जसमध्ये एउटा हो- सेक्युरिटी एनेलाइजर, जसले कम्प्युटरका आवश्यक सुरक्षा मापदण्ड जाँच गर्छ र आफूलाई कम्प्युटरको अवस्थाका बारेमा जानकारी दिन्छ। यसले कम्प्युटरमा Antivirus, Antispyware, Thirdparty firewall, Windows Firewall, NAP - Network Access Protection _, Windows updates/ User Account Control किो अवस्था जाँच गरेर कम्प्युटरमा भएका भाइरस तथा अन्य असुरक्षित गतिविधिको जानकारी गराउँछ।प्रतिक्रिया दिनुहोस् >>