बिहीबार 'सिल्भर ज्वलेरी डे'
Posted by
purwanews
Published on
Wednesday, December 11, 2013
काठमाडौ, २७ गते बिहीबार 'सिल्भर ज्वलेरी डे' प्रदर्शनी हुने भएको छ । चाँदीका उत्पादनलाई विशेष जोड दिन, बजार पहिचान र निर्यात प्रोत्साहन मेला आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ ।
मेलामा २५ स्टल हुनेछन् । तीमध्ये २० स्टलमा निर्यात हुने र सम्भावना भएका चाँदीका गरगहनाहरू राखिने एसोसिएसनका अध्यक्ष दीपेन्द्र शाक्यले बताए । 'ती गहनाहरू विशेष डिजाइनका हुनेछन्,' उनले भने ।
मुलुकमा उत्पादित हस्तकलामध्ये करिब १३ प्रतिशत निर्यात हुने बताउँदै उनले व्यवसायीलाई थप प्रोत्साहन गर्न आयोजना गरेको बताए । सिल्भर ज्वलेरी युरोपियन मुलुक, कोरिया, जापान, अफ्रिकालगायत मुलुकमा निर्यात हुन्छ ।
यस्तै मेलामा गहना बनाउने कालिगढ पनि हुनेछन् । यसले गर्दा गहनासम्बन्धी जिज्ञासा सजिलै मेटाउन सकिने बताएको छ । प्रदर्शनी प्रवेशका लागि निःशुल्क गरिएको छ । प्रदर्शनी १२ देखि ७ बजेसम्म याक एन्ड एती होटलमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस् >>