इन्टरनेटबिना हाइस्पिड युट्युब
Posted by
purwanews
Published on
Wednesday, December 11, 2013
अनलाइन भिडियो हेर्न युट्युब लोकप्रिय बन्दैगएको छ । तर यसका लागि हाइस्पिडको इन्टरनेट कनेक्सनको आवश्यकता हुन्छ। यद्यपि अब यसका लागि कुनै समस्या नहुने भएको छ। गुगलले नयाँ खालको सेवा सुरु गर्ने घोषणा गरेको छ, जसले गर्दा प्रयोगकर्ताले अफलाइनमा पनि ४८ घण्टा सम्म युट्युब चलाउन सक्नेछन्। दोहोर्याएर भिडियो हेर्न मन लाग्यो भने इन्टरनेट कनेक्ट गरेर हेर्न सकिन्छ र फेरि त्यसलाई रिफ्रेस गर्नुपर्छ। भिडियो फेरि हेर्नु परे एड टु डिभाइसु अप्सन सेलेक्ट गरेर राख्न सकिन्छ र पछि बिना इन्टरनेट पनि हेर्न सकिन्छ। प्रयोगकर्ताको स्क्रिनमा बिज्ञापन देखाइने र त्यस वापत पैसासमेत उठाइने हुनाले युट्युबले यसबाट पैसा समेत कमाउने उद्देश्य राखेको छ।
प्रतिक्रिया दिनुहोस् >>