सामाजिक संरक्षण नपाउँदा एचआइभी संक्रमितहरु पलायन
Posted by
purwanews
Published on
Wednesday, December 11, 2013
एचआईभी संङ्क्रमण हुनु जीवनको समाप्ती नभएर नयाँ जीवनको सुरूवात हो भन्ने सन्देश दिन खुलेका संक्रमितहरू सामाजिक रूपमा संरक्षण नपाउँदा जिविकोपार्जनमा समस्या भएपछि पलायन भएका हुन्।संक्रमितहरुलाई संरक्षण, सहयोग तथा परामर्श दिने र एचआईभी एड्स न्युनीकरणका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले पाँच वर्षअघि बेनीमा स्थापना गरिएको गुप्त सेवा मार्ग दर्शन सहयोग समिति समेत २ वर्षयता निश्त्र्किय बनेको छ।जिल्लाका संक्रमितहरुलाई सहयोग र संरक्षण गर्दै उनीहरूको जिविकोपार्जनका लागि सहयोग गर्न संस्था खोलेर केही वर्ष आफ्नो रोगबारे समाजमा खुलेर जनचेतना फैलाउने कार्यमा सक्रिय भएपनि पछिल्लो समय आर्थिक अभावमा संस्था बन्द भएपछि खुलेका संक्रमितहरु पनि पलायन भएको संस्थाका अध्यक्ष होमबहादुर पुर्जाले वताए।
परिवार र समाजबाट समेत अपहेलित बनेका संक्रमितहरुलाई संरक्षण तथा सहयोग गर्न खोलीएको संस्थासंग हाल ५२ जना संक्रमित सर्म्पकमा रहेका छन्। संरक्षण र जिविकोपार्जनका लागि समस्या भएपछि खुलेका संक्रमितहरु पनि जिल्ला बाहीर पलायन हुने तथा नयाँ संक्रमित नुखल्दा एचआईभि न्युनीकरणमा चुनौती थपिएको संस्थाका सल्लाहकार मुक्ति ढुङ्गानाले जानकारी दिए।
संक्रमितहरुको जिवनयापन सहज बनाउनका लागि पीडा र पश्चाताप त्याग्दै निराशालाई साहसमा बदलेर खुलेका म्याग्दीका एचआईभी संक्रमितहरु पछिल्लो समय पलायन हुन थालेका छन्। स्वास्थ्य मन्त्रालय तथा एचआईभि सम्बन्धि कार्यक्रम गरिरहेका जिल्ला स्वाथ्य कार्यालयका फोकल पर्सन घनश्याम सिग्देलले वताए।
प्रतिक्रिया दिनुहोस् >>