डेंगु नियन्त्रणका लागि बजेट अपुग
Posted by
purwanews
Published on
Tuesday, December 10, 2013
चितवन,बाह्रै महिना डेंगुले जोखिम चितवनमा रोकथाम तथा नियन्त्रणका लागि बजेट अपुग देखिएको छ । यही कारण रोकथाम कार्यक्रम सुस्त भइरहेका छन् । न्यून बजेटबाट चलाइएका कार्यक्रम प्रभावकारी बन्न सकेका छैनन् ।
सरकारले हरेक वर्ष डेंगु नियन्त्रणका लागि ५ लाखमात्र उपलब्ध गराउँछ । जनस्वास्थ्यले बजेट अभाव देखाएर कार्यक्रम सञ्चालन गर्न सकेको छैन । २ वर्षदेखि डेंगु नियन्त्रणका लागि सरकारले बजेट छुट्याउन सुरु गरेको हो । तर बजेट रोगको संवेदनशीलता आधारमा कम भएको छ । न्यून बजेट हुँदाहुँदै पनि रोग नियन्त्रण गर्नुपर्ने बाध्यता छ, जनस्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले भने, ज्यालादारीमा खटाइएका स्वयंसेविकालाई ६ सय खर्च लाग्छ ।
यसबाहेक विभिन्न कार्यक्रम सञ्चालन गर्दा डेंगु नियन्त्रण गर्न रकम अभाव हुने गरेको उनले बताए । स्वास्थ्यले मन्त्रालय र विभागबाट बजेट माग गर्न सकेको छैन । अहिले चिसो बढे पनि लामखुट्टे फैलने क्रम रोकिएको छैन । नारायणगढ र वरपर लामखुट्टेको फैलावट ज्यादा छ । गर्मीमा भन्दा अहिले लामखुट्टेले बढी पिरोलेको छ । चिसो बढे पनि लामखुट्टे उस्तै छ । स्थानीयवासी भन्छन्, अहिले ठन्डी भनेर बस्यो, लामखुट्टेले टोकिहाल्छ । साँझ–बिहान लामुखुट्टेले टोकेर हैरान पार्ने उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस् >>