समानुपातिकको नामावली बुझाउने समयसीमा थप
Posted by
purwanews
Published on
Tuesday, December 10, 2013
काठमाडौ, निर्वाचन आयोगले समानुपातिक तर्फ निर्वाचित हुने उम्मेदवारहरुको नामावली बुझाउने समयसीमा थप गरेको छ । नामावाली बुझाउने दिएको एक साताको समयसीमा आज सकिन लाग्दा आयोगले पुस-३ गतेसम्मका लागि समय थपेको हो ।नेपाली कांग्रेसले समयसीमा सकिनु एक दिन अगाडि आयोगसँग समय थपको माग गरेको थियो । निर्धारित सयमभित्र राप्रपा नेपाल लगायत केही साना दलहरु गरी ९ दलले समानुपातिक सूची आयोगमा बुझाएको छ ।
आयोगका सह सचिव महेश शर्मा पौडेलले समानुपातिक तर्फ निर्वाचित हुनेहरुको नामावाली बुझाउन दलहरुलाई पुस-३ सम्मको समय दिइएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् >>