४८ वर्षका भए सलमान खान
Posted by
purwanews
Published on
Friday, December 27, 2013
सलमान खान आज ४८ वर्षका भएका छन् । वर्ष सन् १९८८ मा फिल्म ‘बीवी हो तो ऐसी’बाट बलिउड करियर सुरु गरेका सलमान यतिबेला सफलताको शिखरमा छन् । सन् १९६५ को डिसेम्बर २७ तारिखका दिन मध्यप्रदेशको इन्दोरमा जन्मिएका सलमान ‘मैने प्यार किया’बाट चर्चित भएका थिए । पछिल्लो समय ‘१०० करोड’ माथिका अभिनेतामा दरिएका उनका ‘वान्टेड’, ‘दबंग’, ‘दबंग–२’ र ‘एक था टाइगर’ले बलिउड बक्स अफिसमा १०० करोड भारु माथिको कारोबार गरेको छ ।
यस बाहेक सलमानले ‘साजन’, ‘हम आपके हे कौन’, ‘तेरे नाम’, ‘हम दिल दे चुके सनम’ लगायतका फिल्ममा दमदार अभिनय गरेका छन् । टिभी कार्यक्रममा पनि छाएका सलमानलाई सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको रुपमा समेत लिइन्छ ।
रियालिटी शो ‘दसका दम’ र ‘बिग बोस’बाट टिभीमा पनि बलियो छाप छोडेका सलमान बेला–बेलामा अनेक कारणले विवादमा समेत तानिने गरेका छन् । सलमानको ‘जय हो’, ‘किक’ लगायतका नयाँ फिल्म प्रदर्शनको क्रममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् >>