कांग्रेसमा सभासद् छान्ने कुरा मिलेन

समानुपातिक सभासद्को सूची बुझाउन म्याद थपेसँगै छलफलमा जुटेका राजनीतिक दल गुटबन्दीका कारण समस्यामा परेका छन । नेपाली कांग्रेसमा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले आआफू निकट नेतालाई सभासद् बनाउन लागेपछि कुरा मिल्न सकेको छैन ।
विहीबार बसेको पदाधिकारी बैठकमा सहमति नजुटेपछि कांग्रेस संसदीय बोर्डको बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ । कांग्रेसमा उपसभापति रामचन्द्र पौडेल र अर्का नेता खुमबहादुर खड्काले पनि आफूहरुलाई सभासद्को भाग मागेको स्रोतको भनाइ छ । कोइरालाको निजी सचिवालयले शुक्रबार सभासद् छान्नका लागि अनौपचारिक छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>