अलबिदा नेल्सन !

रंगभेदविरुद्ध संसारकै सबैभन्दा प्रभावशाली नेता नेल्सन मण्डेलाको ९५ वर्षको उमेरमा निधन भएको छ।

आफ्ना प्रिय नेता 'मडिबा'को निधन भएको खबरले दक्षिण अफ्रिकाली शोकसन्तप्त बनेका छन्। मण्डेलालाई दक्षिण अफ्रिकामा प्रेमपूर्वक 'मडिबा' भनेर सम्बोधन गरिन्छ।  

गोरा जातिको शासनबाट बहुजातीय शासन प्रणालीमा दक्षिण अफ्रिकालाई लैजान भूमिका खेलेका मण्डेला संसारकै प्रतिष्ठित नेतामध्ये एक हुन्। रंगभेदबिरुद्ध आन्दोलनका क्रममा २७ वर्ष जेल परेका मण्डेला सन् १९९० मा दक्षिण अफ्रिकामा बहुजातीय शासन स्थापना भएपछि पहिलो राष्ट्रपति बन्दा ७१ वर्षका थिए। बहुसंख्यक काला जाति बसोबास गर्ने दक्षिण अफ्रिकाका पहिला काला राष्ट्रपति मण्डेला थिए। सन् १९९३ मा उनलाई शान्तिका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो।

सन् १९९९ मा राष्ट्रपतिबाट पदमुक्त भएपछि पनि मण्डेला विश्वमै दक्षिण अफ्रिका यहाँको स्वतन्त्रता आन्दोलनको संवाहक बनिरहे। लामो जेलजीवनको कारण खस्किएको स्वास्थ्य अवस्था झनै खस्किए पनि मण्डेला कंगो प्रजातान्त्रिक गणतन्त्र, बुरुन्डी अफ्रिकाका थुप्रै राष्ट्रमा शान्ति स्थापना गर्न लगातार क्रियाशील थिए।

सन् २००४ मा ८५ वर्ष उमेरमा भने उनले सामाजिक जीवनबाट अवकाश लिएर अधिकांश समय परिवार संगातिहरूसँग बिताउन थालेका थिए। त्यसपछि उनी सार्वजनिक समारोहमा कमै उपस्थित हुन थालेका थिए।

दुई वर्षमा धेरैपटक उनलाई उपचारका लागि अस्पताल भर्ती गरिएको थियो। असीको दशकमा रोबेन टापुमा जेलजीवन व्यतीत गर्ने क्रममा मण्डेलालाई टिबी लागेपछि उनको फोक्सो संक्रमित हुन थालेको थियो।

सन् १९१८ मा दक्षिण अफ्रिकाको एउटा सानो पूर्वी गाउँको आदिवासी परिवारमा जन्मेका मण्डेलाको बाल्यकालीन नाम रोलिलाला डालिभुंगा थियो। स्कुलमा शिक्षकहरूले उनलाई नेल्सन भन्ने अंग्रेजी नाम दिएका हुन्। सन् १९४१ मा परम्परागत विवाह गर्न नचाहेर जोहानेसबर्ग भाग्दा उनी २३ वर्षका थिए। २५ वर्षको उमेरमा उनले गोराहरूले मात्र पढ्ने विश्वविद्यालयमा कानुन पढ्न सुरु गरेका थिए। त्यहीँ विश्वविद्यालयमा पढ्ने क्रममा उनले रंगभेद अन्य विभेदबारे बढी जान्ने मौका पाए। दक्षिण अफ्रिकाको स्वतन्त्र प्रजातान्त्रिक धारसँग उनी नजिकिए। त्यही बेला उनी अफ्रिकी राष्ट्रिय कांग्रेसको सदस्य भए यो पार्टीको विद्यार्थी मोर्चा स्थापना गर्न मद्दत गरे।

सन् १९४४ मा उनले बिहे गरे। १४ वर्ष टिकेको यो बिहेबाट मण्डेलाका चार सन्तान भए। सन् १९५२ मा उनी वकिल भए जोहानेसवर्गमा प्राक्टिस गर्न थाले। उनीसँगै वकालत प्राक्टिस गर्ने ओलिभर ट्यांगोसँग मिलेर उनी रंगभेदविरोधी आन्दोलनमा सक्रिय हुन थाले। सन् १९५६ मा अन्य १५५ अधिकारकर्मीसँगै मण्डेलालाई देशद्रोहको आरोप लाग्यो तर चार वर्षपछि उनलाई सफाइ दिइयो। सन् १९५८ मा मण्डेलाले विनी माडिकेजेलासँग दोस्रो बिहे गरे जसले पछि उनी जेलमा रहँदा उनको रिहाइ अभियानमा सक्रिय भूमिका खेलिन्। सन् १९६० मा अफ्रिकी राष्ट्रिय कांग्रेससँगै मण्डेला पनि भूमिगत भए। सन् १९६० मा रंगभेदविरुद्ध आन्दोलनले उचाइ लियो जब ६९ काला प्रहरीको नरसंहारको सिकार बने। यही घटनाले उसबेला अफ्रिकी राष्ट्रिय कांग्रेसको उपाध्यक्ष रहेका मण्डेलालाई शान्तिपूर्ण आन्दोलनबाट अर्थतन्त्र तहसनहस पार्ने अभियानमा सामेल गरायो। उनलाई समातियो। जेलबाट बोल्दै मण्डेलाले प्रजातन्त्र, स्वतन्त्रता समानताको आवाज बुलन्द पारे।

'मैले प्रजातान्त्रिक खुला समाज चाहेको छु जहाँ सबै जनताले मेलमिलाप समान अवसरका साथ बस्ने मौका पाउन्,' जेलबाटै मण्डेलाले भने, 'यही अवस्थामा बाँच्न चाहन्छु हासिल गर्न चाहन्छु तर आवश्यक पर्यो भने यसका लागि मर्न पनि तयार छु।' सन् १९६४ मा उनलाई आजीवन कारावासको सजाय सुनाइयो।

१९६८ १९६९ मा बाह्र महिनाबीच उनकी आमाको निधन भयो उनका जेठा छोरा कार दुर्घटनमा मारिए तर उनलाई अन्तिम संस्कारमा सामेल हुन दिइएन। १८ वर्षसम्म उनलाई रोबेन टापुकै जेलमा राखियो। सन् १९८२ मा उनलाई मुख्यभूमिको पोल्समुर जेलमा सारियो।

मण्डेला अन्य नेता जेलमा छँदा अन्य दक्षिण अफ्रिकाली नेता निर्वासनमा छँदा पनि दक्षिण अफ्रिकाका युवा गोरा शासनविरुद्ध लडिरहे। सयौं मारिए। हजारौं घाइते भए। सन् १९८० मा मण्डेलाका वकालत प्राक्टिस गर्दाका साथी ट्याम्बोले निर्वासनमै छँदा रंगभेदबिरुद्धको आन्दोलन सुरु गरे जसको एउटै लक्ष्य थियोमण्डेलालाई जेलबाट मुक्त गर्नु। लण्डनको बेम्ब्ले स्टेडियमा सन् १९८८ मा आयोजित कन्सर्टमा ७२ हजार मानिस टिभीमा यो कन्सर्ट प्रत्यक्ष रुपमा हेरिरहेका लाखौं मानिसहरुले सामूहिक रुपमा 'नेल्सन मण्डेलालाई मुक्त गर' भन्ने गीत गाए। संसारका नेताहरूलाई दक्षिण अफ्रिकामा गोरा जातिको शासनबिरुद्ध जारी गरेको नाकाबन्दी कसिलो पार्न कर लाग्यो।

संसारभरिबाट दबाब सिर्जना हुन थालेपछि सन् १९९० मा राष्ट्रपति एफ डब्लु डी र्क्लाकले अफ्रिकी राष्ट्रिय कांग्रेसमाथिको प्रतिबन्ध फुकुवा गर्दै मण्डेलालाई जेलमुक्त गरे। योसँगै दक्षिण अफ्रिकामा बहुजातीय प्रजातन्त्र स्थापनाका लागि वार्ता सुरु भयो।

उनी राष्ट्रपति भए तत्कालीन राष्ट्रपति क्लार्क उपराष्ट्रपति। सन् १९९३ मा उनलाई र्क्लाकसँगै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। सन् १९९४ मा दक्षिण अफ्रिकामा पहिलोपल्ट बहुजातीय निर्वाचन भयो जसले मण्डेलालाई निर्वाचित राष्ट्रपति बनायो। दोस्रो श्रीमतीसँग पनि सम्बन्धविच्छेद भएपछि आफ्नो ८० औं जन्मदिनमा मण्डेलाले मोजाम्बिकका राष्ट्रपतिकी विधवा पत्नी ग्रासा माचेलसँग तेस्रो बिहे गरे। आफ्नो ८९ औं जन्मदिनमा उनले संसारका चर्चित प्रभावशाली व्यक्तिहरूको समूह 'इल्डर्स' गठन गरे जसको उद्देश्य थियोसंसारका अप्ठ्यारा समस्यासँग जुध्नु।

सन् २००५ मा उनका छोरा माक्गाथोको एड्सबाट निधन भएपछि उनले सार्वजनिक रुपमै आफ्नो छोरा एड्सबाट मरेको घोषणा गर्दै एड्सलाई सामान्य रोगजस्तै बनाउन यसबारे छलफल गर्न दक्षिण अफ्रिकीहरूलाई प्रेरित गरे। सन् २०१० को विश्पकप फुटबल दक्षिण अफ्रिकामा आयोजना गर्न पनि उनले महत्वपूर्ण भूमिका खेले। उनको तस्बिर भएको दक्षिण अफ्रिकाको पहिलो बैंकनोट सन् २०१२ मा जारी गरिएको थियो।
(बिबिसी)



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>