माओवादी अध्यक्ष सिराहामा

सिरहा । निर्वाचनमा  बिजयको शुभकामना आदान-प्रदान गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो निर्बाचित क्षेत्र सिरहा  आएका छन् । सोचेजस्तो चुनावी नतिजा नआएपछि चुनावमा धाँधली भएको भन्दै चुनावी परिणाम बहिस्कार गर्दै आएको एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड बिहीबार पहिलो पटक आफ्नो चुनाव क्षेत्र आएका हुन् ।

 सिरहा क्षेत्र नं. ५ को गौतारीमा भएको विजयी सभालाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानसभाको दोश्रो निर्वाचन महाभारतको लडाई जस्तै भएको बताए। ‘चुनावी युद्धमा हामी भनेजस्तो अवस्थामा पुग्न नसकेपनि यस क्षेत्रको विकास निर्माणको कामको लागि म सिंहदरवारमा लड्ने छु’ प्रचण्डले भने‘ यसक्षेत्रको बाटोघाटो, खानेपनीको समस्या र सिंचाईको समस्या समाधानको लागि विशेष पहल गर्छु ।’

आफूले यसअघि भनेजस्तै सिरहाको विकास निर्माणको गतिले एउटा रुप नलिएसम्म सिरहा नछोड्ने
दोहर्‍याए । मतदाताले संघर्ष गरेर पार्टीलाई र आफूलाई जिताएको भन्दै प्रचण्डले मतदातालाई शुभकामना पनि दिए । संविधानसभामा निर्बाचित भएपछि पहिलो पटक आफ्नो क्षेत्रमा आएका प्रचण्डलाई स्थानीय मतदाता तथा शुभचिन्तकहरुले स्वागत गर्दै फूल माला र अविर लगाएर स्वागत गरेका थिए । प्रचण्ड आफूलाई सवैभन्दा बढी मत दिएका गाविसहरु बडहरामाल, गौतारी र कल्याणपुर कालाबञ्जर पुगे । शुक्रबार जमदह लगायतका गाविसहरुमा पुग्ने कार्यक्रम रहेको एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य हरिनारायण चौधरीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>