वालुवा छान्ने मेसिन किन्ने प्रक्रिया रद्ध

सुनसरी-सुनसरीको चतरा मूल नहरको वालुवा सफा गर्ने मेसिन खरिद प्रक्रिया रद्द गरिएको छ । ट्रेजर खरीदका लागि बोलपत्र आह्वान गरिएपनि तोकिएअनुसार नभएपछि रद्द गरिएको जनाइएको छ । सुनसरी र मोरङ जिल्लाको ६८ हजार विघा जमिन सिञ्चित गर्ने मूल नहरमा प्रयोग हुने उक्त मेसिन बिक्रिको लागि चारवटा अन्तर्राष्ट्रिय कम्पनीले बोलपत्र भरेका थिए ।
सुनसरी मोरङ–सिँचाइ आयोजनाद्वारा सञ्चालित नहरहरूमा वालुवा तथा फोहोर पुरिन नदिन र सिँचाइ कामलाई प्रभावकारी बनाउन उक्त मेसिन खरिद गर्न लागिएको थियो । १२ करोडभन्दा बढी मूल्य पर्ने एउटा ट्रेजर खरिदका लागि दुई÷तीन वर्षदेखि माग गरिएको थियो । यसपटक सिँचाइ मन्त्रालयबाट स्वीकृति भएपछि बोलपत्र आह्वान गरिएपनि भनेजस्तो मापदण्ड पुरा गरेको बोलपत्र नआएपछि खरीद प्रक्रिया नै रद्ध गरिएको आयोजनाका इन्जिनियर सुकदेव चौधरीले बताए ।
पहाडी क्षेत्रबाट उक्त मूल नहरमा वर्षेनी आउने करिब पाँच लाख घनमिटर बालुवा तथा ढुङ्गालाई सफाइ गर्न ट्रेजर मेसिन प्रयोग गरिन्छ । चतरा मूल नहरमा १७ वर्ष अगाडि फ्रान्सबाट रु १६ करोडको लागतमा दुईवटा ट्रेजर मेसिन खरिद गरिको थियो ।
यसैबीच आयोजनाले सुनसरी तथा मोरङमा रहेको नहर तथा उपनहरमा भएको अतिक्रमण रोक्न सूचना जारी गरेको छ । सूचनामा अवैध अतिक्रमण नहटे बल प्रयोग गरी हटाइने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>