जेबिएस सम्मानित
Posted by
purwanews
Published on
Tuesday, December 31, 2013
सुनसरी । सुनसरीको इटहरीस्थित जुस उद्योग जेबिएस इण्डष्ट्रिजले सर्वोत्कृष्ट उत्तरदायी व्यवसाय पुरस्कार पाएको छ । उद्योगले २५ हजार नगदसहित सम्मान प्राप्त गरेको हो ।
राष्ट्रिय व्यवसायी पहल (एनबिआइ) ले वीरगञ्जमा गरेको कार्यक्रममा शान्ति तथा पुनः निर्माण मन्त्री रामकुमार श्रेष्ठले उद्योग सञ्चालक जीतसिंह विष्टलाई सम्मान प्रदान गरेका हुन् ।
देशभरीका छ जिल्लाका १२ जना उद्यमीलाई पुरस्कृत गरिएको कार्यक्रममा जे.बिएस. इण्डष्ट्रिज सुनसरीबाट उत्कृष्ट भएको हो ।
घरेलु तथा साना उद्योगको रुपमा रहेको जे. बि. एस. इण्डष्ट्रिजले स्वरोजगार सिर्जना, स्थानीय श्रोत र साधनको उपभोग तथा परिचालन र ग्रामिण वासिन्दाको आय आर्जनमा निर्वाह गरिरहेको भूमिका र त्यसबाट समाज रुपान्तरण र वातावरणमा परेका सकारात्मक प्रभावको लागि सम्मान दिइएको जनाइएको छ । पुस १६
प्रतिक्रिया दिनुहोस् >>