यौनसम्पर्कमा रुचि कम गर्ने रोग
Posted by
purwanews
Published on
Tuesday, December 31, 2013
साधारणतया हामीले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ । मानवशरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो । शरीरका सबै अङ्गहरुलाई जीवित राख्न ग्लुकोजको आवश्यकता पर्छ । ग्लुकोजबाट शक्ति उत्पादन गर्ने कार्य शरीरमा रहेका कोशिकाहरुको हुन्छ । ग्लुकोजलाई रगतबाट कोशिकाहरुभित्र प्रवेश गराउन इन्सुलिन नामक हर्मोनको आवश्यकता पर्छ । इन्सुलिन उत्पादन पेटको प्यान्क्रियाज नामक ग्रन्थिले गर्छ । यो ग्रन्थि रोगग्रस्त भएको अवस्थामा आवश्यक मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन । फलस्वरुप ग्लुकोज कोशिकाहरुभित्र प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बढ्दै जान्छ । अनि पिसाबबाट बाहिर निस्कन्छ । यसरी शक्तिको उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज त्यत्तिकै खेर जान्छ । यो अवस्थामा रगतमा ग्लुकोज अत्यधिक मात्रामा बढेको हुन्छ भने कोशिकाहरुमा शक्तिको उत्पादन हुन नसकेर शरीर शक्तिविहीन भई कमजोर हुँदै जान्छ । यो अवस्थालाई डाइबेटिज वा मधुमेह भनिन्छ ।
बिहान खाली पेटमा रगत जाँच्दा यदि १२० मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १२०–१४० मिग्रा. को बीचमा देखियो भने डाइबेटिज रोग लाग्ने सम्भावना बढी भएको मानिन्छ । साथै १४० मिग्रा. भन्दा बढी ब्लड सुगर देखियो भने डाइबेटिज अर्थात् मधुमेह रोग लागेको प्रमाणित गरिन्छ । यसकारण डाइबेटिज रोग छ छैन भनेर पत्ता लगाउन रगत जाँचेर हेरिन्छ । रगतमा ग्लुकोजको मात्रा १८० भन्दा बढी भएको अवस्थामा पिसाब जाँचेर पनि डाइबेटिज भए नभएको पत्ता लगाउन सकिन्छ । मधुमेहले यौनसम्पर्क रुचि कम हुन्छ । साथै हृदयाघात, मस्तिष्कघात, मिर्गौलाघात, दृष्टिघात र अङ्गघात जस्ता ५ वटा प्राणघातक रोगहरु समेत निम्ताउन सक्छ । खानपानमा र व्यायाम गरेर मधुमेह नियन्त्रणमा आएन भने औषधि खानु पर्छ ।
मधुमेह देखिएमा रेसादार पदार्थ भएका भोजनको प्रयोग बढी गर्नुपर्छ । साधारण अवस्थामा पनि रेसादार पदार्थले स्वास्थ्यमा ठूलो भूमिका खेल्छ । त्यसमाथि मधुमेहका विरामीको लागि त यो झनै महत्वपूर्ण हुन्छ । मकैका च्याँख्ला, बोक्रा सहितको तरकारी, फलफूल आदिमा रेसादार पदार्थको साथै मधुमेहका विरामीलाई चाहिने पोषण तत्व पनि हुन्छ । रेसादार पदार्थले रगतको कोलस्टेरोललाई पनि कम गर्छ । पानीमा घुलनशील हुने रेसादार पदार्थ (जुन विभिन्न गेडागुडी, फलफूल आदिमा पाइन्छ) तिनको प्रयोगले शरीरमा बोसोको मात्रा घटाउन मद्दत गर्छ र रगतमा चिनीको मात्रालाई सुचारुरूपमा राख्न मद्दत गर्छ ।
मधुमेह भएका बिरामीले यस्ता खाना एकैपटक नखाई पटक पटक अलि–अलि गरेर खानु पर्दछ । यसले गर्दा खानाबाट प्राप्त भएको ग्लुकोज (चिनी¬) लाई पोषण गर्न कम इन्सुलिनको जरूरत पर्छ । कम ग्लुकोज र कम इन्सुलिनले रगतमा चिनीको मात्रा ठिक रहेको देखाउछ । कति पटक खाने, कसरी खाने र के–के खाने भन्ने बारेमा उपचार गराइरहेका व्यक्तिले डाक्टरसँग सल्लाह गर्नुपर्छ । लामो समय भोको बसेर एकैचोटि धेरै खाने प्रवृत्तिले गर्दा थप समस्या आउन सक्छ ।
खाना बारेको कारणले कहिलेकाहीँ मधुमेहकै बिरामीलाई रिङ्गटा लागे जस्तो हुने, गाह्रो–असजिलो हुने हुन्छ । मधुमेह भएका व्यक्ति भोकै रहँदा कहिले काहीँ रगतमा चिनीको तह कम भई व्यक्ति वेहोस हुने र खान धेरै ढिला भएमा मृत्यु हुने समेत हुन्छ । यसकारण मधुमेहका व्यक्तिलार्ई ज्यादै हाई आएमा या चिट्चिट् पसिना आएमा कुनै गुलियो वस्तु खाइहाल्नु पर्दछ । जस्तो कुनै फलफूलको रस, चकलेट वा फलफूल जसले शरीरमा चिनीको मात्रा ठिक राख्छ ।
मधुमेहका लक्षणहरु
प्यास धेरै लाग्ने
पिसाब बढी हुने
भोक बढ्ने
शरीर दुब्लाउने
आँखा धमिलो हुने
छातीको इन्फेक्सन हुने
छालामा पिलो आइराख्ने
हातखुट्टा झमझम गर्ने
पिसाब फरेको ठाउँमा कमिला लाग्ने
भोक बढ्ने
शरीर दुब्लाउने
आँखा धमिलो हुने
छातीको इन्फेक्सन हुने
छालामा पिलो आइराख्ने
हातखुट्टा झमझम गर्ने
पिसाब फरेको ठाउँमा कमिला लाग्ने
असर
हृदयाघात
मस्तिष्कघात
मिर्गौलाघात
दृष्टिघात
अङ्गघात
स्मरण शक्तिमा ह्रास हुने
यौनसम्पर्कमा रुचि कम
मस्तिष्कघात
मिर्गौलाघात
दृष्टिघात
अङ्गघात
स्मरण शक्तिमा ह्रास हुने
यौनसम्पर्कमा रुचि कम
खानै नहुने
जुस
मिठाई
चिनी भएको चिया
पेय पदार्थहरु
बढी चिल्लो
गुलियो
जङक फुड
रक्सि
मिठाई
चिनी भएको चिया
पेय पदार्थहरु
बढी चिल्लो
गुलियो
जङक फुड
रक्सि
डा.सुशीलकुमार शाक्यसँग गरिएको कुराकानीमा आधारित
प्रतिक्रिया दिनुहोस् >>