बाँसेपुल नबन्दा सर्वसाधारणलाई सास्ती

भद्रपुर/झापाको भद्रपुर र भारतको गलगलिया जोड्ने मेची नदीमा बन्दै आएको अस्थायी बाँसेपुल यस वर्षबाट नबन्ने भएपछि वारी पारी गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।
वि.स. २०५८ सालमा पहिलो पटक भद्रपुर समाज सेवा ट्रस्टका अध्यक्ष पर्शुराम अग्रवालले सर्वसाधारणका लागि हिउँद महिनामा खोला तर्न सहज बनाउन निर्माण गरिएको बाँसेपुल त्यस पछिका वर्षहरुमा भद्रपुर नगरपालिकाले ठेक्का पट्टा मार्फत बनाइरहेको भएतापनि यस वर्ष बन्न सकेन ।
तीन वर्ष अघिदेखि मेची नदीमा स्थाइ पुल निर्माण शुरु भएपछि बासेपुल ठेक्कापट्टामा समस्या आएपछि भद्रपुर नगरपालिकाले यस वर्ष आह्वान गरेको बोलपत्रमा बाँसेपुल निर्माणमा कसैले पनि चासो नलिएपछि पुल नबन्ने निश्चित भएको हो । यता भद्रपुर तथा भारतको गलगलियाबाट आवत जावत गर्नेहरु नदीको पानीबाट बच्न महँगो पैसा तिरेर राँगा गाडीमा हिड्न बाध्य रहेका छन् ।
प्रत्येक वर्ष ५ लाख सम्ममा ठेक्का लाउदै आएको बाँसेपुल ८ वर्षदेखि भद्रपुर नगरपालिकाको आम्दानीको स्रोत भएपनि यस वर्ष भने व्यापारीक वेवास्तामा परेको छ । यता सर्वसाधारणले भने आवत जावत गर्न पुल निर्माण हुनु पर्ने आवश्यकता रहेको र यसमा भारत र नेपालका प्रशासनले चासो लिएर बनाइ दिनु पर्ने धारणा राख्छन् ।
मेची नदीमा ३ वर्षमा मेची पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ शुरु भएपनि त्यसको म्यादमा २०७१ चैत्र सम्म सक्ने गरी पुनः म्याद थप गरिएको धरानको सूर्य एण्ड सन्स कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>