सहकारीले कृषिमा लगानी गर्ने

सुनसरी : १० वर्ष अघि स्थापना गरेर सञ्चालनमा ल्याइएको इटहरीस्थित एक आपस बहुउद्धेशिय सहकारी सहकारी संस्थाले जैविक तरकारी खेतीको योजना बनाएको छ ।
बुधबार सुनसरीको इटहरीमा आयोजित संस्थाको नवौं वार्षिक साधारणसभामा अध्यक्षको तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष केशवकुमार विष्टले इटहरी ९ मा जग्गा खरीद गरी वा भाडामा लिइ जैविक तरकारी खेती सञ्चालन गर्ने जनाएका हुन् । यस्तै वार्ड नं. ३ मा खसी पालन, वार्ड नं. २ मा फलफूल नर्सरी स्थापना गरी सञ्चालनमा ल्याउने प्रस्ताव गरिएको छ ।
यस्तै लघु उद्योग तथा दैनिक उपभोग्य वस्तुहरुको खरीदबिक्रि केन्द्र समेत सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरिएको छ । शेयरसदस्यहरु सहमत भएमा यसै वर्षदेखि योजनाहरु अघि बढाइने सस्थाका अध्यक्ष विष्टले बताउनुभयो ।
विनाधितो डेढलाख रुपैयासम्म ऋण दिँदै आएको सहकारीले व्यशायीक ऋणलाई प्राथमिकता दिएको समेत जनाइएको छ । साधारणसभामा उत्कृष्ठ शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
पुस १०



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>