युवापुस्तामाझ लोकप्रिय एवं व्यस्त नायिका प्रियंका

 विगत ७वर्षदेखि नायिका प्रियंका कार्की टिभी, म्युजिक भिडियो, विज्ञापन तथा चलचित्र क्षेत्रमा व्यस्त छिन्। लोकप्रिय नेपाली नायिकाको छवि बनाइरहेकी यी नायिकाले ए लेबलमा अध्ययन  गर्दा नै मिस टिनमा भाग लिएर शीर्ष उपाधि हात पार्दै कान्तिपुर टेलिभिजनमा भिजेका रूपमा काम पाइन्। कान्तिपुर टिभीमा कामको अनुभव बटुलेपछि उनी अभिनय एवं निर्देशनमा ब्याचलर गर्न अमेरिका पुगिन्। डिग्री हातमा परेपछि ढुक्कसँग फिल्म खेल्ने सोचका साथनेपाल आएकी हुन् उनी।
प्रियंका नेपालमा चलचित्रको क्वालिटी कम तर क्वान्टिटी बढी भएकोमा दुखेसो पोख्छिन्। प्रतिभाशाली कलाकारहरू यो क्षेत्रमा आइरहेकोमा भने उनी दङ्ग छिन्। थिएटरका कलाकार र चलचित्र नै पढेर आएकाहरूले चलचित्र क्षेत्रमा नयाँ आयाम थप्ने उनको दाबी छ। उनले अभिनय गरेका थ्रीलभर्स, कलिउड, भिजलान्ते, झोले, मेरो वेस्ट फ्रेन्ड युवापुस्ताले धेरै मन पराएका चलचित्र हुन्। आफ्ना धेरै चलचित्र व्यावसायिक रूपमा ठीकै भए पनि नायिका प्रियंकाका लागि गुड लक नै साबित भए। पहिले म्युजिक भिडियोमा धेरै देखिने प्रियंकाले ठूलोपर्दामा आएपछि सेलेक्टेड म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। उनले चलचित्र, म्युजिक भिडियो तथा विज्ञापनमा धेरै देखिए महत्व घट्ने भएकाले कम गर्दै गएको बताउँदै ४ वर्षपछि निर्देशनमा लाग्ने धारणा व्यक्त गरिन्। 
हुन त अमेरिकामा पढ्दा प्रियंकाले चलचित्रमा काम गर्ने सोच बनाइसकेकी थिइनन् तर त्यहाँ डिजिटल मेकिङमा काम गरेपछि त्यसमै काम गर्ने सोच आयो। अमेरिकामा उनले द इन्ड र जिन्जर ब्रेड थिएटरमा अभिनय गरेकी थिइन्। त्यहाँ काम गर्दा पर्याप्त अनुभव बटुलेको बताउँदै कार्की त्यो अनुभवलाई नेपालमा नयाँ रूपमा प्रस्तुत गर्ने ठाउँ खोज्दैछिन्। प्रियंकाका अनुसार टिपिकल पुरानो प्रेमकथा, जहाँ कुनै अश्लीलता छैन, राम्रो मेकिङ, टचिङ स्टोरी, स्लोली मुभ भएका चलचित्र आउन जरुरी छ तर अहिलेका चलचित्र मेकरहरू सेक्सलाई बढी उचाल्यो भने दर्शकले मन पराउँछन् भन्ने भ्रममा छन्। स्क्रिन प्ले र स्टोरी आउट लाइन पटक्कै राम्रो छैन।
कतिपय चलचित्र हेर्दा कथाको मुटु नै देखिँदैन तर अहिले विस्तारै परिवर्तन आइरहेको छ, जुन यो क्षेत्रका लागि खुसीको कुरा पनि हो। अहिले कतिपय नायिका शोषणमा पर्‍यौं भन्दा अचम्म मान्छिन् उनी। आफ्नो इच्छाबिना जबरजस्ती यौन शोषण हुन्छ भन्नु अचम्मको कुरा हो। यसमा टिकिरहन अनुशासन, धैर्य एवं संयम आवश्यक छ। बुबाले प्रियंकालाई यसमै जीवन बिताउने 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>