जलबायु परिवर्तनको सवालमा युबा
Posted by
purwanews
Published on
Tuesday, December 3, 2013
धरान । जलवायु परिवर्तनका सवालमा राष्टिय नीति तथा कार्यान्वयन पक्ष कमजोर भएकाले सरकारी तवरबाटै नीति नियमको प्रभावकारिता मापन गर्नुपर्ने विद्यार्थीहरुले माग गरेका छन् ।
| फोटो फिचर सहित । तस्बिर : सन्जिव वाग्ले |
जलवायु र वातावरण अध्ययन गरिरहेका धरानका उच्च शिक्षा अध्ययनरत विद्यार्थीले जलवायु परिवर्तनका सवालमा संयन्त्र निर्माण गरी युवा तथा विद्यार्थीलाई सक्रिय बनाउनुपर्ने धारणा राखे ।
| Add caption |
सुनसरीको धरानमा जलबायु परिवर्तन बिषयमा नेपाली युबाहरुको सन्जाल एनवाइसीएले पुर्वान्चलका युवाहरुसँग गरेको छलफलमा विद्यार्थीहरुले सो धारणा राखेका हुन् । कार्यक्रममा जलबायु परिवर्तनको क्षेत्रमा काम गरिरहेका वातावरणका विद्यार्थीहरुले नेपालमा जलबायु परिवर्तन सम्बन्धी सचेतना र कार्यशाला आवश्यक रहेको पनि बताए नगरपालिकाको लर्निङ सेन्टरमा भएको कार्यक्रममा १७ देखी २४ बर्षका ५० बढी युवाहरुको सहभागिता रहेको जलवायु परिवर्तन सम्बन्धी अभियन्ता लालमणि वाग्लेले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस् >>