“रेग्मी र उप्रेतीको नियुक्ति महाभुल”
Posted by
purwanews
Published on
Monday, December 16, 2013
काठमाडौं । चुनाव हारेपछि एमाओावदीले त्यसको दोष अरुलाइृ पन्छाउन थालेका छन। सोही क्रममा एकिकृत नेकपा माओवादीका प्रवक्ताले अग्नी सापकोटाले प्रधानन्यायाधीश खिलराज रेग्मी र निलकण्ठ उप्रेतीलाई अन्तरिम निर्वाचन मन्त्रीपरिषदको अध्यक्ष र निर्वाच
न आयोगको प्रमुख बनाएर उनको पार्टीले ठूलो गल्ती गरेका बताएका छन्। मंसिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनमा अनपेक्षित पराजय भोगेपछि धाँधलीको आरोप लगाउदै आएको एमाओवादीका प्रबक्ताले रेग्मी र उप्रेती कुन पार्टीका मान्छे थिए भन्ने खुलाएनन्।
एमाओवादीको हैटौडामा सम्पन्न महाधिवेशनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नै मुलुकमा विद्यमान राजनीतिक अन्यौलता हटाउन प्रधान न्यायाधीशको अध्यक्षतामा अन्तरिम चुनावी सरकार गठनको प्रस्ताव पेश गर्दै आफूले प्रस्तुत गरेको प्रस्तावमा नेपाली कांग्रेस र एमालेका नेताहरु पनि नाकको चालले सहमत हुने दाबी गरेका थिए। जुन कुरामा आनाकानी गर्दै कांग्रेस र एमाले पनि सहमत भएपछि गत चैतमा खिलराज रेग्मीको नेतृत्वमा गैरदलीय सरकार बनेको थियो। तत्पश्चात उच्चस्तरीय राजनीतिक संयन्त्रको नाममा गठन भएको एक समितिले निर्वाचन आयोगका प्रमुखसहित अन्य आयुक्तहरुका साथै अख्तियार र लोकसेवा आयोगको प्रमुख राजनीतिक भागबण्डामा नियुक्ति गरेका थिए।

प्रतिक्रिया दिनुहोस् >>