समयमा पाठ्यपुस्तक नपुर्‍याउनेलाई अख्तियार आयोगले कारबाही गर्ने

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आगामी शैक्षिक सत्रका लागि आवश्यक पर्ने पाठ्यपुस्तकहरू समयमै नपुर्‍याउनेउपर कारबाही गर्ने जनाएको छ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार आगामी शैक्षिक सत्र सुरु हुनुभन्दा पहिल्यै पाठ्यपुस्तक नपुग्ने भन्ने खालका समाचारहरू आइरहेको भन्दै त्यस्तो भए सम्बन्धित निकायका पदाधिकारीहरूमाथि कानुनअनुसार कारबाही अगाडि बढाउन बाध्य हुनेछ।
सरकारले कक्षा १ देखि ८ कक्षासम्मको शिक्षालाई निःशुल्क तथा अनिवार्य गरेको छ। तर विगत वर्षहरूमा देशका सुगम तथा दुर्गम क्षेत्रका विद्यालयहरूमा शैक्षिक सत्र सुरु भएको महिनौं बितिसक्दासमेत विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको नदेखिँदा आगामी शैक्षिक सत्रमा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्नसक्ने अवस्था नरहेको भनी व्यापक जनगुनासो आएको भन्दै आयोगको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो।
अख्तियारले पाठ्यपुस्तकजस्तो अति सम्वेदनशील विषयमा सम्बन्धित निकायबाट बारम्बार लापरबाही र गैरजिम्मेवारपूर्ण कार्य भइरहेको प्रति जिम्मेवार निकायबाट समयमै अनुगमन भएको नदेखिएको भन्दै आगामी शैक्षिक सत्रका लागि आवश्यक पर्ने पाठ्यपुस्तकहरू समयमै छपाइ तथा ढुवानीका कार्यहरू सम्पन्न गरी सहजरूपमा पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयसहित सम्बद्ध सबै निकायलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>