पुस-२ गतेदेखि लोडसेडिङ बढ्ने
Posted by
purwanews
Published on
Monday, December 16, 2013
काठमाडौ, पुस १ । नेपाल विद्युत प्राधिकरणले पुस-२ गतेदेखि लागु हुने गरी लोडसेडिङको समय बढाएको छ । यसअघि ६ घण्टा हुँदै आएको लोडसेडिङ अब दैनिक ९ घण्टा बत्ति जाने छ । अब सातामा एक दिन बाहेक दैनिक तीन पटक लोडसेडिङ हुनेछ । एक दिन भने बिहान र बेलुका गरी दुई पटक मात्र लोडसेडिङ हुनेछ ।
नदीमा जलस्तर घटेपछि विद्युत उत्पान घटेर माग अनुसारको आपूर्तिमा कठिनाई भएपछि लोडसेडिङ बढाइएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् >>