मलेसिया पुगेका हजारौं नेपाली जोखिममा
Posted by
purwanews
Published on
Thursday, December 26, 2013
काठमाडौ, वैदेशिक रोजगारको खोजीमा मलेसिया पुगेका हजारौं नेपाली त्यहाँको प्रहरी प्रशासनबाट लुक्दै जोखिमपूर्ण जीवन बिताउन बाध्य भएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले देखाएको छ ।
मलेसियामा पुगेका आधाभन्दा बढी कामदार दलालहरूको फन्दामा परेर घर न घाटको हुने गरेका छन् । 'नेपाली कामदार मलेसियाका लागि काठमाडौंमा प्लेन चढेदेखि नै ठगीको दुश्चक्रमा परेको देखियो,' गत अगस्टमा स्थलगत अध्ययन गर्न मलेसिया पुगेको आयोगका पदाधिकारी टोलीका सदस्यमध्ये निवर्तमान आयुक्त गौरी प्रधानले भने, 'धेरैको जीवन त्यहाँ बधुवा मजदुरको जत्तिकै छ ।'
सरकारी तथ्यांकअनुसार मलेसियामा साढे तीन लाख नेपाली कामदार भएको भए पनि स्थलगत अध्ययनका क्रममा झन्डै साढे चार लाख नेपाली त्यहाँ भएको देखिएको प्रधानले बताए । 'उनीहरूमध्ये आधाचाहिँ मलेसियाको विमानस्थलमा उत्रने बित्तिकै ठगिन्छन्,' प्रधानले भने, 'विमानस्थलमा कम्पनीका मान्छेले आफ्नै सर्तमा जबरजस्ती करार गराउँदा रहेछन् ।'
काठमाडौंका म्यानपावर व्यवसायीबाट गरिएभन्दा फरक करारनामा मलेसियाको विमानस्थलमा भएपछि नेपाली कामदारको मानसिक तनाव अत्यधिक बढ्ने गरेको प्रधानले बताए । उनीहरूलाई कबोल गरिएभन्दा भिन्दै र जोखिमपूर्ण काम गर्न लगाइने, काम गर्ने समय बढाइने र तलब कम दिइने प्रवृत्ति एकदमै देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यसरी जबरजस्ती आफ्नै सर्तमा काम लगाउने कम्पनीले नेपाली कामदारको पासपोर्ट, करारनामा लगायतका कागजात राख्ने गर्छन् । 'चर्का शोषणमा परेपछि नेपाली कामदार गरिराखेको कम्पनीको काम छाडेर अर्का कम्पनीमा जाँदा रहेछन्, पुरानो कम्पनीले करारमा लेखिएको समयसम्म काम नगरेको भनेर कागजात जफत गर्दा रहेछ,' प्रधानले भने, 'अनि त उनीहरू तुरुन्तै इलेगल हुन्छन्, प्रहरीले समात्यो कि थुनिदिन सक्छ ।'
हजारौं नेपाली यसरी रातारात 'गैरकानुनी आप्रवासी' मा बदलिने गरेको र उनीहरूको मानवअधिकारको अवस्था ज्यादै नाजुक भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् >>