परीक्षा प्रणालीमा सुधार

उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा कक्षा ११ र कक्षा १२ को परीक्षा प्रणालीका सुधार गर्दै परिषद्ले उत्तरपुस्तिकामा बारकोड र अप्टिकल मार्क रिडर प्रयोगमा ल्याइएको  छ 
परीक्षा प्रणालीमा सुधार आएपछि परीक्षाबारे विगतमा जस्तो विवाद नआउने दाबी गर्दै उहाँले यसमा कक्षा ११ मा रजिस्ट्रेसन आवेदन भर्दादेखि प्रयोग गरेको फोटो, विद्यार्थीका दस्तखत लगायतका सबै कुरालाई स्क्यान गरी विद्यार्थीलाई रजिस्टे«सन प्रमाणपत्र उपलब्ध गराइने जानकारी दिनुभयो ।
परिषद्ले भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) विधि द्वारा ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रसम्बन्धी कार्य गर्न र नक्कली प्रमाणपत्रको अन्त्य गर्न कार्ययोजना अगाडि ल्याएको छ । परिषद्का अनुसार विगतमा विद्यार्थीले प्रमाणपत्र माग गरी रसिद काटेपछि कम्प्युटरमा पुनः प्रविष्ट गर्नुपर्नेमा कम्प्युटर बिलिङ प्रणालीको सुरुवात भएपछि विद्यार्थीले रसिद काटेलगत्तै सोही नेटवर्किङमार्फत कम्प्युटर शाखामा उपलब्ध भई विद्यार्थीले माग गरेको प्रमाणपत्र छापिने भएपछि परिषद्को काम सहज भएको छ । भारतमा छापिँदै आएको कक्षा ११ र १२ को प्रश्नपत्र नेपालमै गोप्यरुपमा छपाइ सुरु गरेपछि परिषद्लाई प्रश्नपत्र छपाइबाट मात्रै वार्षिक ५० देखि ७० लाखसम्म बचत हुने  भएको छ ।
परिषद्ले विगतमा भन्दा छिटो नतिजा प्रकाशन गर्ने व्यवस्था गरेको छ भने परीक्षामा प्रमाणपत्रलगायत मार्क लेजर र मार्कसिट छिटो छाप्न तीव्र गतिको प्रिन्टरको व्यवस्था गरी अभिलेखलाई व्यवस्थित गरेको छ ।परिषद्ले विगतमा जस्तो विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न सुरु गरेपछि उत्तरपुस्तिका हराउने र एउटाको नाममा उत्तरपुस्तिका लगेर अर्कोले परीक्षण गर्ने लगायतका समस्याहरुको समाधान भएको परिषद्को दाबी छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>