के महिलालाई जाडो हुँदैन?

हिउँद सुरु भएपछि विभिन्न भोज भतेर तथा सार्वजनिक समारोहमा महिलाको पहिरन देख्दा देख्नेहरूको मनमा स्वतः यस्तो जिज्ञासा उठ्न सक्छ– के महिलालाई जाडो हुँदैन? घरमा बस्दा न्यानो लुगामा छोपिएर, अझ सकेसम्म हिटर तापेर बस्ने महिला कुनै सार्वजनिक रूपमा देखापर्नुपर्दा करिब अर्धनग्न अवस्थामा प्रस्तुत हुने गर्दछन्
पछिल्लो समय राजधानीमा चिसो ह्वात्तै बढेको छ। यो चुलिँदो चिसोसँगै ज्याकेट, कोट र बाक्ला परिधानको ‘मार्केट’ गर्माएको पनि छ। बालक तथा वृद्धको त कुरै छाडौँ, उमेरदार युवा–युवतीसमेत चिसोले दिएको चुनौती खप्न नसकी न्याना कपडाको पहिरनमा छोपिएका देखिन्छन्। कार्यालय जानुपर्दा होस् या आफ्न्तकहाँ, यस्तो अवस्थामा बाक्लो र शरीर सबै ढाक्ने लुगा लगाएका हुन्छन्। तर, यस्तो चिसो मौसममा आयोजना भएका वैवाहिक समारोह तथा अन्य पार्टी वा भोजभतेर आदिमा सहभागी हुने तिनै विवाहित हुन् या अविवाहित महिलाले गर्मी महिनाका लागि पनि नसुहाउने खालका लुगा लगाएका हुन्छन्
महिलाले पनि जाडोको महसुस गरिरहेका हुन्छन्, तर व्यक्त भने गरेको पाइन्न। जाडो भएको छैन भन्दै पन्छिन्छन्।
अर्धनग्न लुगा लगाएका महिलासँग हिँड्ने पुरुषले त्यसरी फेसनकै लागि जाडोयाममा पातला कपडा लगाएको हम्मेसी देखिँदैन र उनीहरू जबर्जस्ती दाँत किटेर जाडो नभएको स्वाङ पार्न पनि सक्दैनन्। ठिहिर्याउने ठण्डीमा पनि पार्टीमा सहभागी हुने भनेपछि महिला किन त्यस्तो ‘लघु वस्त्र’मा सजिन रुचाउँछन् र उनीहरूको जाडो त्यतिबेला केले खाइदिन्छ होला? जिज्ञासा जाग्नु स्वाभाविक हो।
जाडो भए पनि नभए जसरी आफ्नो पहिरन तथा लगाएका गरगहना सो गरिरहेका हुन्छन्। साथै कसिलो बडी (शरीर) नितम्ब देखाएर अन्य पुरुष सहभागीको ध्यान आफूतिर आकर्षित गर्न पनि पातला र अर्धनग्न लुगा लगाएका हुन् सक्छन्। महिलाहरू भद्दा र बाक्लो लुगामा महिला स्मार्ट देखिँदैनन्, स्मार्ट देखिनका लागि पातलो र आधा शरीर ढाक्ने लुगा बढी महिलालाई बोल्ड र ब्युटी देखिनका लागि बाक्लो नभई पातलो कपडाले साथ दिने भएकाले यिनै कपडाको सहायता लिने गरेका हुन सक्छन्।
विभिन्न टीभी च्यानलबाट आउने फेसनले प्रभाव पारेकाले पनि भोजभतेरमा जाँदा यस्तो लुगा लगाउने गरेकाले वातावरण सुहाउँदो लुगा लगाउनुपर्नेमा जोड दिँदै महिलाले लगाएको पहिरनले महिलालाई नै असर गरिरहेको छ 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>