राजकीय सम्मानकासाथ मण्डेलाको अन्त्येष्टी गरिँदै
Posted by
purwanews
Published on
Sunday, December 15, 2013
दक्षिण अफ्रिकाका पहिलो अस्वेत राष्ट्रपति नेल्सन मण्डेलाको राजकीय सम्मानका साथ आइतबार अन्त्येष्टी गरिदै छ ।मण्डेलाको पुख्र्यौली गाउँ कुनुमा राजकीय सम्मानका साथ गरिने अन्त्यष्टीको सबै तयारी पुरा भैसकेको छ । अन्त्येष्टि कार्यक्रममा दक्षिण अफ्रिकाको राष्ट्रिय सुरक्षा बलले २१ तोपको सलामी दिने भएको छ । मण्डेलाको अन्त्येष्टिमा हेलिकप्टरबाट पुष्पवर्षा गरिने जनाइएको छ । पुष्प बृष्टी पश्चात राष्ट्रिय धुन बजाएर मण्डेलाको अन्त्येष्टि गरिने कार्यक्रम तय भएको छ । मण्डेलाको गृह नगर कुनुमा हुने अन्त्येष्टि कार्यक्रममा उहाँका परिवार, उच्च पदस्थ नेताहरू र विभिन्न मुलुकबाट आएका केहि विशिष्ट अतिथिहरुलाई मात्र सहभागी गराइने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस् >>