अरविन्द केजरीवालका लागि युवकले नसा काटे

नयाँ दिल्ली,  उदाउँदो भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री बन्न लागेका अरविन्द केजरीवालप्रति सर्वसाधारणको आशा चुलिँदो छ। भ्रस्टाचार निर्मुल पार्ने मुद्दाका कारण जनताबीच आशाका किरण फैलिरहेका बेला एक अन्तरक्रिया गरिरहेका केजरीवाल एका एक स्तब्ध हुन पुगेका छन्।
भोलि शनिबार रामलीला मैदानमा दिल्ली मुख्यमन्त्रीको शपथ लिन लागेका केजरीवालको समर्थनमा एक युवकले नसा काटेपछि जनता दरबारमा खैलबैला भएको हो। जमिल नाम गरेका युवकले भ्रस्टाचारविरुद्ध खरो देखिएका केजरीवालका मुद्दामा भावुक भएर नसा काटेका हुन्। उनको नाम जमिल रहेको भारतीय मिडियाहरुले जनाएका छन्।
'म रगत दिइरहेको छु तपाइँ भ्रस्टाचार निर्मुल पार्नुहोस्', नसा काट्दै ती युवकले भने।घटनापछि अन्तरक्रिया स्थगित गर्नु परेको छ। घटना लगत्तै केजरीवालले अन्तरक्रिया स्थगित गरेर घाइते युवकलाई अस्पताल पुर्या उन हिँडे। जनतासँग प्रत्यक्ष साक्षात्कार गर्न केजरीवालले गाजियावादको कौसम्भीस्थित निवास अगाडि अन्तरक्रिया चलाइरहेका थिए।अस्पतालमा सामान्य उपचारपछि ती युवक घर फर्किएका छन्।
 घटनालाई लिएर केजरीवालले दुःख व्यक्त गरेका छन्। फेरि यस्तो घटना दोहोरिए अन्तरक्रिया कार्यक्रम आयोजना नगर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>