श्री ५ वीरेन्द्र फुटबल क्लब : बेलायतद्धारा ४० हजार रुपैयाँ सहयोग

फुटबल क्लब बेलायतले नेपाल स्थित दुई फरक फरक सँस्थाहरुलाई ४० हजार रुपैयाँ सहयोग गरको छ ।
बेलायत स्थित लण्डनमा रहेका नेपाली युवाहरुले स्वर्गिय राजा वीरेन्द्रको सम्झनामा गठन गरेको श्री ५ विरेन्द्र फुटबल क्लवले नेपालमा रहेका विभिन्न सामाजिक संस्थाहरुलाई केही आर्थिक सहयोग गर्दै आएको छ ।
क्लबले दिएको जानकारी अनुसार क्लबले हेल्प नेपाललाई २० हजार रुपैयाँ र कपिलवस्तु स्थित संचालनमा रहेको कपिलवस्तु बाल गृहलाई २० हजार रुपैयाँ सहयोग गरेको हो । कपिलवस्तुको तौलिहवामा रहेको बाल गृह संचालनमा आर्थिक अभाव भई बन्द हुने अवस्थामा पुगेको र हेल्प नेपाल नेटवर्कले स्थापना गरेको १० करोडको परोपकारी अक्षय कोषको लागि सहयोग होस भन्ने उद्देश्यले कल्बले केही रकम सहयोग गरेको क्लबका कप्तान सरोज उप्रेतीले बताए ।
सो सहयोग रकम सम्बन्धित ठाउँमा पुगिसेको र अबका दिनहरुमा लण्डनमा विभिन्न कार्यक्रमहरु गर्दै नेपालको सामाजिक परोपकारी कामहरुमा सहयोग गर्दै जाने उनले जानकारी दिए । श्री ५ वीरेन्द्र एफसीले बेलायतमा बसोबास गर्ने नेपाली युवाहरुलाई संगठित गरी बेलायतमा हुने विभिन्न फुटबल प्रतियोगिताहरुमा सहभागि जनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>