चार सय नेपाली हडतालमा उत्रिए

दोहा (कतार), अत्यन्त न्यून तलबमा काम गर्दै आएका चार सय जना नेपाली हडतालमा उत्रिएपछि सोमबार कतारको प्रहरीले क्याम्पबाट उठाएर स्वदेश पठाउन डिपोर्टटेसन सेन्टरमा ल्याएर राखेको छ । त्यस कम्पनीमा ६ महिनादेखि १४ वर्षसम्म काम गरेका नेपाली छन् । कतारको न्यू सहेलियास्थित भुरुभूमि नजिक क्याम्पमा राखिएका ती नेपालीले कम्पनीबाट खानासमेत प्रबन्ध नगरिदिएकाले घर फिर्ता गरिदिन माग राख्दै हडतालमा उत्रिएपछि प्रहरीले डिपोर्टटेसन सेन्टरमा ल्याएर राखेको हो ।
उनीहरू एक्सबोल्वोरालो कम्पनीमा कार्यरत हुन् । राजधानी दोहा नजिकै रहेको सनैयामा बस्दै आएका उनीहरूलाई कम्पनीले गत बिहीबार देखि न्यू सहेलियास्थित क्याम्पमा राखिएको थियो । त्यहाँ राखेपछि आफूहरूले खानासमेत नपाएको बताए । उनीहरू बस्ने त्यस क्षेत्र भरुभूमि भएकाले आवातजावत गर्न कठिन छ । २५ जना रहेको  कम्पनीमा एक हजार नेपाली कामदार अर्को क्याम्पमा रहेका छन् । न्यूनतम तलब ४ सय ५० रियाल दिएकोमा खानाका लागि छुट्टै रकम छैन “ आफैंले किनेर ल्याउन नजिक पसल छैन, पसल जान गाडी छैन ।” जस्ता समस्या उनीहरुले बताएका छन् ।
न्यूनतम तलब सरकारले तोके बमोजिम ९ सय र खानामा ३ सय गरी १२ सय रियाल हुनुपर्छ, अहिलेसम्म काटेको भिसा शुल्क फिर्ता दिनुपर्छ, बोनस दिनुपर्छ जस्ता माग राख्दै आएका छन् ।
नेपाली दूतावासले कामदारको बाँकी तलब, बोनस सहितको सेवा सुविधा दिएर मात्रै पठाउन स्थानीय अधिकारीहरूलाई अनुरोध गरेको छ । कम्पनीले यहाँको श्रम विभागमा पुगेर कामदारको मागबमोजिम तलब बढाउनसमेत आफूहरू तयार भएको बताएको श्रम सहचारी इन्द्रदेव पाण्डेले बताए । कम्पनीको व्यवस्थापन पक्षले एक हजार प्लस दुई सय दिन तयार भएको बताइरहेको छु, श्रम सहचारी पाण्डेले भने, यसमा कामदारहरूले विश्वस्त हुन नसक्ने भन्दै घर जान बताइरहेको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>