अधिकारी दम्पतीको अवस्था नाजुक, अधिकारकर्मिको धर्ना
Posted by
purwanews
Published on
Thursday, December 5, 2013
काठमाडौं ।
छोराको हत्याका दोषीलाई कारबाहीको माग राख्दै अनसनमा रहेका गोरखा फुजेलका नन्दप्रसाद र गंगा अधिकारको पक्षमा मानवअधिकारवादी तथा नागरिक समाजका प्रतिनिधिहरुले धर्ना दिएका छन् ।
वीर अस्पताल अगाडि उनीहरुले दोषीलाई तुरुन्त कारबाही गर्न माग गर्दै आज साँझ मैनबत्ती बालेर धर्ना दिएका हुन् ।
अधिकारी दम्पती गत कार्तिक ७ गतेदेखि वीर अस्पतालमा अनसनमा बस्दै आएका छन् । स्वास्थ्यकर्मीका अनुसार अधिकारी दम्पतीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।
यसअघि गत साउन–भाद्रमा लगातार ४७ दिन अनसन बसेपछि सरकारले कृष्ण अधिकारीको हत्यामा संलग्न रहेको आरोपमा गोरखाकै रामप्रसाद अधिकारीलाई पक्राउ गरेको थियो ।
चितवन प्रहरीले रामप्रसादको सम्बन्धमा अनुसन्धान गरी मुद्दा दायरका लागि सरकारी वकिलको कार्यालयमा पठाएकोमा मुद्दा नचलाई छाडिएको थियो ।

प्रतिक्रिया दिनुहोस् >>