आज तमु ल्होछार पर्व
Posted by
purwanews
Published on
Monday, December 30, 2013
काठमाडौँ, बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होछार आज काठमाडौं उपत्यकालगायत गुरुङहरूको बसोबास भएका देशका विभिन्न भागमा हर्षोल्लाशपूर्वक मनाइँदैछ।
नयाँ वर्षका रूपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन्। विदेशमा रहेका यी समुदायका सदस्यले पनि एक–आपसमा शुभकामना आदानप्रदान गरेर यो पर्व मनाउने गरेका छन्।
गुरुङ जातिले आज पुस १५ गते तोला ल्होसारका रूपमा, तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होछार मनाउने संस्कार छ।
‘ल्हो’ भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ। प्रत्येक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ।
प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिइन्छ। गुरुङ जातिले सर्प वर्ष बिदाइ गरेर घोडा वर्षका रूपमा यो नयाँ वर्षको स्वागत गर्दैछन्।
राम्रो लगाउने र मीठो खाने यो सांस्कृतिक पर्व नेपालका साथै चीन, सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापानलगायत देशमा मनाइन्छ।
सरकारले यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक बिदासमेत दिने गरेको छ। उपत्यकामा रहेका तमुहरूले राजधानीको टुँडीखेलमा भव्य समारोहको आयोजना गरी ल्होछार मनाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस् >>