नबिल बैंकको रकम लुटिएको घटना नजिक प्रहरी

प्रहरीले कैलालीको मालाखेती गाविसको चौकीडाँडाबाट नबिल बैंकको रकम लुटिएको घटनाको नजिक पुगेको बताएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक रमेश पण्डितले केही दिन भित्रै घटनाका बारेमा सबै कुरा पत्ता लाग्ने बताएका छन्।
'केही दिन ढिलो भयो हामी पनि चिन्तित छौं' उनले भने–'ढिलो चाँडोको कुरा मात्रै हो। केही दिन भित्र घटनाको सबै कुरा पत्ता लाग्छ।'
उनले घटनाका बारेमा गम्भीर रूपमा अनुसन्धान हुनुका साथै शंकास्पद क्षेत्रमा प्रहरीले दैनिक छापा मार्ने काम गरिरहेको बताए। '३०/३५ जनाको टीम अनुसन्धानमा जुटेको छ भने १/डेढ सय प्रहरीले दैनिक अप्रेशन गरिरहेको छ' उनले भने।
घटना लगत्तै नियन्त्रणमा लिईएका केही व्यक्ति र बैंकका कर्मचारीहरुलाई सोधपुछ पछि जमानीमा छोडेको बताउँदै पण्डितले केही व्यक्तिलाई भने नियन्त्रणमा राखेर अनुसन्धान भैरहेको जानकारी दिए।
मंसिर २५ गते नविल बैंक महेन्›नगर शाखाको करिब २ करोड ३० लाख रूपैयाँ हतियारधारी समूहले लुटेको थियो।
 महेन्द्रनगर शाखाबाट धनगढीस्थित नेपाल राष्ट्र बैंकमा जम्मा गर्न म १ ज १४६ नम्बरको गाडीमा राखेर ल्याउने क्रममा रकम लुटिएको थियो।
ट्राफिक प्रहरीको पोशाकमा रहेका एक व्यक्तिले गाडी रोकेर हतियारधारी समूहले लुटपाट गरेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>