बिना शल्यक्रिया तिम्ल्याहा बच्चाको जन्म
Posted by
purwanews
Published on
Sunday, December 15, 2013
एक अमेरिकी दम्पत्तिले तिम्ल्याहा बच्चालाई एकसाथ जन्म दिएका छन्। नर्दन क्यालिफोर्निया हस्पिटलका एक चिकित्सकका अनुसार यो प्रसव प्राकृतिक तरिकाबाट भएको हो। यसमा दुर्लभ चमत्कार त के छ भने न त महिलाको शल्यक्रिया गर्नुपरेन कुनै औषधि नै दिइयो। तिम्ल्याहा हुने यस्तो दुर्लभ घटना १० लाखदेखि १ करोड प्रसुतिमा हुने बताइन्छ। ती बच्चालाई जन्म दिने महिला हन्ना क्विन्सी सिटीमा बस्छिन्। टम हेपनरले आफ्नो पत्नीलाई नर्दन क्यालिफोर्निया हस्पिटलमा लगेका थिए। हन्नाले दुई छोरा र एक छोरीलाई जन्म दिएकी छिन्। अस्पतालका अनुसार उनको छोरा एब्बीको तौल ३ पाउण्ड २ औंस, ब्रिनको तौल ३ पाउण्ड ११ औस र छोरी लारेलको तौल ४ पाउण्ड छ। अस्पतालका अधिकारीहरुका अनुसार बच्चाको सही रुपमा खान पिउन सक्ने नभएसम्म तीनै जनालाई अस्पतालमा राखिनेछ।प्रतिक्रिया दिनुहोस् >>