नदीबीचमा डोजर बिग्रादा दुई युवा अलपत्र

धनकुटा, भोजपुरको दक्षिणी होम्ताङ र धनकुटाको मुगा गाविसको सिमानामा सुनबालुवास्थित अरुण नदीमा शनिबार बिहान डोजर तार्ने क्रममा नदीबीचमै डोजर बिग्रिएपछि दुई युवा अलपत्र परेका छन् ।
नदीबीचमा डोजर बिग्रिएर अड्किएका मकवानपुरका डोजर अपरेटर दिनेश लम्साल र सहायक अपरेटर राजुलाई आइतबार (आज) हेलिकोप्टरबाट उद्धार गरिने बताइएको छ । उनीहरु शनिबार बिहान १० बजेदेखि अरुण नदीको बीचमा डोजरसागै फासेका हुन् । शनिबार दिनभर स्थानीय र नेपाली सेनाले उद्धारको प्रयास गरे पनि सफल हुन नसकेपछि उनीहरुले शनिबार रातभर नदीबीचमा डोजरमै रात काट्नुपर्ने भएको छ । उनीहरुले उद्धारमा खटिएका सुरक्षाकर्मी र आफन्तहरुसाग मोबाइलमा कुराकानी भने गरिरहेका छन् ।
भोजपुरबाट धनकुटा ल्याउन अरुण नदी तार्ने क्रममा डोजरको चेन खुस्केर डोजर अड्किएको हो । आइतबार बिहान हेलिकोप्टर ल्याउने तयारी गरिएको घोडेटार–मुगा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्यानबहादुर राउतले जानकारी दिए । दिनभरको प्रयासपछि उनीहरुलाई खानेकुरा भने पुर्‍याउन सकिएको राउतले जनाए ।
स्थानियले उद्धार गर्न नसकेपछि धनकुटाका साथै घोडेटार बेस क्याम्पबाट नेपाली सेना र घोडेटार इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेका छन् । डोजर व्यवसायी उत्तम कटुवालको डोजर भोजपुरमा सडक खनेर धनकुटा ल्याउन लागिएको थियो ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>