नोना पुरस्कार बिक्रम निरौलालाई
Posted by
purwanews
Published on
Thursday, December 12, 2013
नोना कोइराला स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७० बाट नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष विक्रम निरौलालाई पुरस्कृत गरिने भएको छ। नोना कोइराला स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रतिभा छनौट समितिका संयोजक विष्णु निष्ठुरीको संयोजकत्वमा बिहीबार काठमाडौंमा बसेको बैठकले यो निर्णय गरेको हो।नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा सक्रिय सहभागिता एवम् पत्रकारहरूको व्यक्तिगत सुरक्षा र पेशागत सुनिश्चितताका लागि क्रियाशिल निरौलालाई उक्त पुरस्कार दिने निर्णय गरिएको छनोट समितिका सदस्य कुमोद अधिकारीले बताए। निरौला बिबिसी नेपाली सेवा र उद्घोष दैनिकमा आबद्ध छन्। पुरस्कारको राशी २५ हजार रूपैयाँ छ।
पाँच वर्षअघि स्थापित उक्त पुरस्कार यसअघि सुवास ढकाल, धर्मेन्द्र झा, हर्ष सुब्बा र विष्णु निष्ठुरीलाई प्रदान गरिसकिएको छ। स्व। नोना कोइरालाको वार्षिक पुन्यतिथिका दिन उक्त पुरस्कार प्रदान गरिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस् >>