योमरी पूर्णिमा र उँधौली मनाइँदै
Posted by
purwanews
Published on
Tuesday, December 17, 2013
काठमाडौं- नेवार समुदायमा महत्वपूर्ण मानिने योमरी पूर्णिमा आज धुमधामसाथ मनाइँदैछ। हेमन्त ऋतुको पहिलो पूर्णिमामा मनाइने यो पर्वमा नयाँ चामलको पिठोबाट योमरी अर्थात चामलको रोटीलगायत परिकार बनाएर खाने चलन छ। नेवारी परम्परामा यसलाई रोटी खाने पूर्णिमा भनेर पनि चिनिन्छ।
उपत्यकामा रहेका नेवार समुदाय पर्वको तयारीमा उत्साहसाथ जुटेका छन्। पर्वको रौनक सोमबारै सुरु भएको छ। सोमबार चटामरी तयार गरेका उनीहरूले आज योमरी बनाउँछन्। यस अवसरमा तुलाधर, बज्राचार्य, मानन्धर, ज्यापुलगायत जातजाति भएका नेवार समुदायले बिहानै योमरी विशेष मन्त्रोचरणका साथ नित्यपूजा गर्दै सबै प्रकारका देवीदेवताको पूजा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस् >>