राहदानी नपाउँदा सेवाग्राही मर्कामा

कैलालीको पहाडी गाविस सहजपुरका हिक्मत खड्का राहदानीका लागि जिल्ला प्रशासन कार्यालय कैलाली धाउन थालेको चार महिना बितिसक्दा पनि राहदानी नपाउँदा  मर्कामा परेका छन् ।
मेसिन रिडेबल पासपोर्ट (एमआरपी) का लागि फाराम भरेपछि पाँच पटक जिल्ला प्रशासन कार्यालय कैलाली पनि नपाएपछि  राहदानी बनाउने भन्दा धेरै रकम जिल्ला प्रशासन कार्यालय कैलाली धाउँदै  उनले बताए ।
उनले रोजगारीका लागि मलेसीया जान राहदानीका लागि फाराम भरेका थिए। मेसिन रिडेबल पासपोर्ट (एमआरपीं) सेवाग्राहीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा फाराम भरेपछि केन्द्रिय राहदानी विभागबाट छपाई हुन्छ। सेवाग्राहीले फाराम भरेको केही दिन पछि विभागबाट छापिएर राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पुग्ने प्रावधान रहेको छ। केन्द्रिय राहदानी विभागबाट राहदानी छापिएर जिल्ला प्रशासन कार्यालय कैलाली पुग्न १५ दिनको समयसीमा तोकिएको छ। विभागबाट भदौ ८ गतेपछि जिल्ला प्रशासन कार्यालय कैलालीमा राहदानी पुगेको छैन।
जिल्ला प्रशासन कार्यालय कैलालीमा फाराम भरेका ६ सय ७८ जनाले अझैं राहदानी पाएका छैनन् भने राहदानीका लागि फाराम भर्ने क्रम अझै जारी छ। चालु आर्थिक बर्ष २०७०÷७१ मा जिल्ला प्रशासन कार्यालय कैलालीबाट ४ सय ३८ जनाले राहदानी लगिसकेका छन्।
समयमा राहदानी नपाउँदा सेवाग्राहीलाई निकै समस्या भैरहेको छ। रोजगारीका लागि हो वा अन्य कुनै कामले विदेश जान नागरिकलाई राहदानीको आवश्यकता पर्छ।
धेरैजसो नागरिकहरु त विदेशमा रोजगारीका लागि जाने गर्छन्। रोजगारीका लागि विदेश जान खोजेका व्यक्ति समयमा राहदानी नपाउँदा झन ठूलो समस्यामा पर्ने गरेका छन्। उनले भने, “मलेसीया जानका लागि तयार भएर बसेको छुँ, तर अहिलेसम्म राहदानी नपाउँदा समस्या भैरहेको छ” ।
जिल्ला प्रशासन कार्यालय कैलाली राहदानी फाँटका नायब सुब्बा राममूर्ति सिंहले छपाईमा ढिलाई भैरहेका कारण राहदानी वितरण समयमा हुन नसकेको बताए।
केन्द्रबाटै राहदानी लिनेको संख्या बढेको भन्ने सुन्नमा आएको छ । उनले भने–यहीँ कारणले राहदानीमा ढिलाई भयो भनेर आधिकारिक जानकारी आएको छैन।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>